Posted by: symlyn August 21, 2006
KU MA BABAAL
Login in to Rate this Post:     0       ?        
अबेर साँझसम्म सयौ विद्यार्थी धर्नामा Print E-mail सोमबार, २१ अगस्ट २००६ १९:४४ काठमाडौ विश्वविद्यालय प्राध्यापक संघले २८ साउनदेखि पठनपाठन ठप्प गरे पछि विद्यार्थीहरू आक्रोशित भई दुई पक्षबीच तुरुन्त वर्ता हुनुपर्ने माग सहित ५ भदौदेखि विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। विगत ३ महिनादेखि ८ बुँदे माग सहित प्राध्यापक संघ विश्वविद्यालय व्यवस्थापन विरूद्ध आन्दोलनमा उत्रिएका थियो । विद्यार्थीहरूले ५ भदौ दिउँसो वार्ताको निम्ति दवाब दिए पछि प्राध्यापक संघ, व्यवस्थापन र विद्यार्थी टोलीबीच दिउँसो ३:३० देखि वार्ता भएको थियो । व्यवस्थापनले प्राध्यापक संघसँग २१ भदौमा वार्ता गर्ने जनाए पनि संघले उपकुलपति र रजिष्ट्रारले राजीनामा नदिएसम्म वार्तामा नजाने बताउँदै आएको थियो । ४ घण्टासम्म पनि वार्ता नटुंगिए पछि लगभग ७ सय विद्यार्थीहरू अबेर साँझसम्म विश्वविद्यालय परिसरमै धर्ना दिइरहेका छन्।
Read Full Discussion Thread for this article