Posted by: Nepe August 18, 2006
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
म चाहि कृष्ण पहाडीको सहपाठी । जीव विज्ञान समुह । राजनीतिमा चाहि अखिलको सँयुक्त प्यानलको उप-सभापति पदको पराजित उमेदवार । पराजित भए पनि अविस्मरणिय, जीवनको पहिलो राजनैतिक चुनाव अनुभव थियो जो । वास्तवमा मेरो चुनाव भाषण थियो अविस्मरणिय भन्नु । त्यति प्रभावशाली भाषण मैले आजसम्म कतै र कुनै पनि दिन सकेको छुईन । अखिलको केन्द्रिय नेताहरुद्वारा दिएको दुई हप्ताको speech coaching पछिको भाषण थियो जो । मैले १२-१५ वटा फर्मूला वाक्यहरु बोलेको थिएँ र हरेक वाक्यको अन्त्यमा गडगडाहट ताली पाएको थिएँ । मेरो अखिलसंगको सम्बद्धता शुरु भएको पनि अस्कलमै, पलायन शुरु भएको पनि अस्कलमै । पढाईको बारेमा चै नसोध्दा नै राम्रो होला ।
Read Full Discussion Thread for this article