Posted by: shirish August 17, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
जैकी "मोजाहु" (हाल: शारजाह, यूएइ) दुई गजल १। गजलमा म उत्कृष्ट गजल लेख्छु थोरै लेख्छु औ मतला अव्वल लेख्छु प्रियेलाई म अंटाउँछु गजलमा शेर पिच्छे मेरो आफ्नै अम्मल लेख्छु देशलाई सिंगार्छर्ुृ मैरो शायरीलै शायरीमा म अञ्चल अञ्चल लेख्छु मिसरा उलामा बगी प्रबल लेख्छु मिसरा सानीमा पनि सबल लेख्छु काफिया प्रयोग गरी गजल लेख्छु रदिफमा बगेर अबिरल लेख्छु मुरद्दफ होऊन् वा गैर मुरद्दफ गजल कहिले पो कमसल लेख्छु गजलमा गैर मुुसलसल लेख्छु नबिर्साईकन म मुसलसल लेख्छु शेरमा प्रियतमको आँचल लेख्छु र, मक्तामा मोजाहुकै अक्कल लेख्छु २। तिमीलाई मेरो कुनै गुनासो छैन सानो यो दिल टुट्यो अरू चासो छैन तिमीले सोधेको जवाब सवै दिएँ दुनियाँ हाँस्ने बाँकी कुनै हाँसो छैन हजारौं पटक म झुण्डिसकेको छु संसारमा शायद अब पासो छैन सक्दैन राख्न "मोजाहु" त्यो अमानत जगत्मा यस्तो अब कुनै नासो छैन
Read Full Discussion Thread for this article