Posted by: Birkhe_Maila August 16, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
एउटा सानो टुक्रा- म आज सोचमग्न छु- म आज सोचमग्न छु! अनन्त झाडिहरुको बिचमा, कुनै ठिङ्ग उभिएको बुढो सिमलको रुख जस्तै, कुनै बेलाको जङ्गल सम्झेर आफ्नै वरिपरीको तुवाँलो नियाल्दै छु! आफैँले उडाएका अनगिन्ती कोमल र हलुका भुवाहरुको निरर्थक गएको उडानहरुमा, शायद अलिकता खिन्न छु! कयौँ बैशाख आयो गयो। तर यसपालीको चैते हुरि देखि शायद अलिकता त्रसित छु! त्यसैले, म आज सोचमग्न छु!!
Read Full Discussion Thread for this article