Posted by: presidentofnepal2035 August 16, 2006
हरे शिव हाम्रो देश !!!
Login in to Rate this Post:     0       ?        
स्याबास सविना जनक नेपाल लुइगाउँ -मुगु, साउन ३१ - बाह्र वषर्ीया सविना विश्वकर्मा आठ कक्षामा पढ्छिन् । खत्याड क्षेत्रकै ठूलो लुइगाउँमा सबैभन्दा धेरै पढ्ने दलित छात्रा उनै हुन् । त्यसैले शिक्षक-शिक्षिका र गाउँका अगुवा सबै भन्छन्- 'स्याबास सविना ।' मोटरगाडी केहीं देखेको छैन । किनकि उनी गाउँबाहिर गएकी छैनन् । तर विपन्न दलितकी यी छोरीले चिकित्सक बन्ने लक्ष्य लिएकी छन् । उपचार नपाएर गाउँका सर्वसाधारणको मृत्यु भएकाले उनीहरूलाई बचाउन डाक्टर हुन मन लागेको उनले बताइन् । 'पढेर डाक्टर हुने मन छ,' कोदो रोप्न जान हतारिएकी उनले भनिन्- 'डाक्टर भएर गाउँलेको सेवा गर्ने इच्छा छ ।' डाक्टरी पढ्न लाग्ने खर्चबारे भने उनलाई थाहा छैन । कहाँ पढ्नुपर्छ भन्ने पनि पत्तो छैन । सविनाले पढ्नेभन्दा बढी घरको काम गर्नुपर्छ । टाढाको पँधेराबाट पानी ल्याउनेदेखि मेलापातसम्म भ्याउनुपर्छ । राति मात्र पढ्न फुर्सत पाउँछिन् । दियालोको उज्यालोमा पढ्ने गरेको उनले बताइन् । आफ्नो डाक्टर हुने इच्छा बुबाआमालाई सुनाइसकेको सविनाले बताइन् । 'ल, ल बन्लिस् भन्नुभएको छ,' उनले भनिन् ।
Read Full Discussion Thread for this article