Posted by: sumas August 16, 2006
ck this news from nepal
Login in to Rate this Post:     0       ?        
राहत पनि खतरा ! धरहराको सोचाइ मात्रै जहिल्यै पनि नेगेटिभ भएको हो कि के हो भन्ने लाग्थ्यो किनकि जता हेर्‍यो, त्यतै दुलादुली मात्र देख्ने धरहराको बानी नै परिसकेको थ्यो। तर हैन रै’छ। अस्ति आफनै टुप्पामा आएर एक जनाले फाल हानी आत्महत्या गरेपछि उनको परिवारलाई एक लाख रुपियाँ सहयोग गरिने समाचार आयो, धरहरालाई पीर पर्‍यो। अब यसरी आत्महत्या गर्दा पनि सहयोग १-१ लाख दिन थालेपछि आत्महत्या गर्नेकै लहर चल्न थाल्ला कि ! त्यो त ठीकै छ चिन्ताको विषय भयो नै तर सरकारले शहीद परिवारलाई दिएको सहयोग राहत भनी बागलुङ नारायणथान-४ का दिलै कालो भएका दिलबहादुर क्षत्रीले आफनो मर्दै नमरेको छोरोलाई आन्दोलनमा मर्‍यो भनेर राहत रकम लिन खोजेछन्। हरे शिव ! त के भन्ने उनी पनि रिसाएका होलान् राष्ट्रदेवबाट हटाए भनेर। जेहोस् धरहरालाई पो राहत रकमदेखि पनि एकदमै डर लाग्न थालेको छ बा ! http://newsofnepal.com/index.php?mod=article&cat=dharahara&article=2131
Read Full Discussion Thread for this article