Posted by: Poonte August 16, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
कुन जुनिको कति रिन खा’को रईछु र मुईले नि यो भउतेको, खै? आफ्नो परान भुन्दा नि प्यारी साली उसैलाई दिंदा नि नानाभाँती अरोप पो लाउँच। जुरेली आफैं चईं तो घ्याल्सीसँग कुरो मिला’र नाटक अरिछे त मुलाई के को दोस? यो गाम्मा मेरो नजर गढेको भुनेको मेरो भेना नै हो के रे, उसैले भउतेसंग जाऊ भुने नि मरेनि जान्न लौ, भुनेर तो कोई पोई नपा’र छटपटेकी घ्याल्सीलाई फकाईछे। घ्याल्सी मोरी मच्चिने भईहाली पोई पाम्नि आसामा। तो टिका लाम्नि दिन तेस्को मुख देख्दा मेरो नै सातै गा’को, लु! घ्याल्सी कै दिदी धोबिनीको च्यात्त्याऽऽऽ पेटिकोट कै कस्सम्! भउतेले था’पासि भाग्ला भुनेर २-४ जना भुसतिघ्रेहुरलाई नि ल्याकी रैछे! हन, ए भउते! तो दिन तिम्लाई र सिरेलाई भाग्नि बाटो देखाम्ने मै होईन भुने होईन भन, लौ! तिम्रो तो लंगडी ईलु कै कस्सम खा’र, लौ! ईलु को कुरा खोल्दिम् सारा गाम्लेहुरको सामुने? जुरेली कठै कता लुक्न गईछिन् भुनेर मुलाई नै पर्नु पिर त परेको होईन, गाँठे! उनकी बुईनीलाई के के आईलगायो भुनेर यता जेठीले नि पाँच दिन सम्म खानै दिईन, ल! धोबिनी नभा’कि भए त मरिजाम भोका’र मरि सक्थें त्यत्निखेरै। तै घ्याल्सीलाई चईं था’होला भुनेर तेस्कि दिदी धोबिनीलाई फकाम्न लाएं। तिम्लाई चईने नयाच केटो आ’छ गाम्मा, नाउँ फुलौरे हो रे, खूब लायकको छ, उसैसंग मिलाई दिम्ला भनेसि फक्कि हाली। रातको बेला के रे। कता कता लई, कस्को घर पुराई, पत्तै लागेन। औंसी नि परेच तै रात, दुई कदम अघिको द्रिस्से चिनम त मरिजाम! मट्याङ्‌री, च्याँसी, हेर्दै उल्टी हरन झैं लाग्नि काली दैतिनि भएनि घ्याल्सीको नजर चईं कडै र’च। कता कताऽट कस्को घराँ पुराई अनि यईं लुकेछि जुरेली भुनेर देखाई। को जवान कटो थो के रे, म त चिन्दिन, तर भेनासंग केई नहुने भए भउते भुन्दा त यई केटो संग पोईला जान्छु भुनेर पसेकी रे तो घर! सहराँट ईस्कुले छुट्टीमा आ’को भन्तो के रे, पडाम्नी काम अर्छ रे। केटकेटीलाई होईन रे, ठुल्टुले भएका जवान केटकेटीलाई तो के जाती हाँरो गामको ईस्कुल भुन्दा नि माथि पुगेला लाई पडाम्च रे बुनेर सुनाई। औंसीको मद्दे राताँ त्याँ रनाको मच्चाम त फेरि माउबादी भुनेर कताऽट आफैंलाई खुत्रुक्कै पार्ला भन्नि डरले जो सुके होस्, जे सुकै अर्न परोस्, ऊज्यालै भएसि हरम्ला भुनेर ढुकेर बसें मु नि। मिरमिरेमा अलि अलि देख्न थालेसि त घर पनि चिने चिनेऽऽऽ जस्तो लाओ। भाले बासेसि एकेछिनाँ आवाज आओ के भित्राँट। कान थापेको, कता चिने चिनेऽऽऽ जस्तो स्वर लाओ फेरि। “हेर, जुरेली, तिम्रो भेना, भउते, सारा गाम्ले हुरले हाम्लाई अब य्हाँ त बाँच्न दिन्नन्। अहिले नै बरु भागी हालम् सहर। राम्रै कमाउँछु के रे। बिस्सोबिदालईको तलब बाहेक टिसनबाट नि आउँच पैसो। फेरि, यस्सो चाडपर्व परे बेला पुजा सुजा अरेर नि दख्खिना बटुल्छु। अब तिमी मेरो, म तिम्रो भई हालेम के रे। सहर तिरै मरम्ला काल आएसि। य्हाँ चईं बस्न हुन्न।“ रे! आँखा च्यात्तेर, खप्पर सुन्नेर, कान रन्केर, नाक फुल्लेर, आङ् नै फन्केर को रईच तो चिने चिने ज्सतो बेवकुफ भुनेर ढोका सोका डड्याम् डुडुम् फोडेर भित्र गएं म नि! जुरेलीलाई काखाँ सुम्सुम्याउँदै अरेको बज्जे त ट्वाँ परेर, “पुन्टे दाई?” भन्दै तर्स्यो! तेस्सिम्या तो सहरको हुर्की सकेका केटकेटीहुरलाई संस्किरित पडाम्नि जागिर पा’छ रे भुनेर सुनेको तो सुदर्सन पन्नितको नाती गालउ पो! परभुऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! नारन, बज्रङ्गबली!
Read Full Discussion Thread for this article