Posted by: gaalab August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
शंकाले लंका खान्च भन्चन्; लहै एउडाले आर्कालाई शंका गर्नी काम चैं नगरम्। कल्ले चोर्या हो, सिधै भनम्। नियाँ निसाफ हामी दिम्ला - पैलो चोटिलाई माफ हुन्च। इज्जत फाल्नी गुन्द्रुकको झोलमा भन्या' जस्तो - पुस्टकारीको विषय लिएर धेरै हल्ला खल्ला नगरम्। जाइन्जो, हाम्री मास्टर्नी दिदी पनि कस्तो भन्या (फेरि फिल गराइदिन्या हो कि?), भउतेलाई जुरेली नै चाइन्च। भउते अस्ति हाम्रो मेलाँ आ'थ्यो। भन्थ्यो, "हेर गालउ यो जिन्दगीमा दुईचोटि रोइयो। पैलो चोटि, ठगेले ढुङ्गाले हानेर टाउको फुटाइदिंदा। दोस्रो चोटि, अस्ति झन्नै जुरेली भनेर अर्कीलाई सिन्दूर हाल्दिंदा। क्यार्नी सानै देखि पिर्ती बसेकी मान्छे - माईको थानाँ (मनकामना मन्दिर) गएर त्यसैलाई ब्या' गर्नी कसम पनि खाइयो। मैले अर्कीसँग, अँझ उसकै बैनीसँ, ब्या गर्न ला' भन्ठानेर जुरेलीले कति धिक्कारी होला।' भन्दै दुख पोख्थ्यो। अब, आफ्नू पनि मन गरुङ्गो भ'र आयो। अनि मैले पनि भन्दिएँ - "हेर भउते, पुन्टेले सारै अन्याई गरे। मान्छे भ'र अति गर्नू; अतिचार नगर्नू। म पनि पन्नितको नाति हुँ। तिम्रो र जुरेलीको ब्या' गर्दिनी जिम्मा मेरो भो।" जाइन्जो, त्यै भ'र म यस्सरी तम्स्या हो।
Read Full Discussion Thread for this article