Posted by: gaalab August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ए ल मोजमस्ती, गफ-गाफ चल्दै र'च क्यारे गाम्लेहेर्को। यो एक-दुई दिन खेत गोड्ने कामले फुर्सतै पा' हैन भन्या। आज चैं यसो खेतालालाई पानी ल्याउनी बाहना गरेर आइपुग्याँ। हैन कुम्लेजी जन्म्या दिन हिजो आजै हो? खै मास्टर्नी दिदीको कुरा अन्सार चैं, जाइन्जो, मैले त ठुल्दाइ भने पनि फरक नपर्नी र'च क्यारे! ल, किस्न-अस्टमीकै सेरोफेरोमा जन्मिनुभा' र'च; गोपिनी चैं कति सय छन् भनेर सोध्न मन ला'थ्यो तर भैहाल्यो। पछि सोधिरम्ला। अनि, जाइन्जो, यत्रो उमेरमा नि पुस्टकारी बेच्दै हिंन्नी हो त गाँठे? ए पुन्टे दाइ! भौतेमाथि ठुलो अन्न्याई गर्या र'चौ गाँठे! हाम्लाई चैं जुरेली भौतेसँग हिनी भनेर भन्या हैन? सक्कली कुरा त अर्कै पो र'च त। हैन जुरेलीलाई कहाँ लुका'छौ हो? महादेवले बाघको छाला' पोल्टाँ लुका' झैं गरी राख्या छौ कि क्या हो? त्यो अर्की थुसुल्लीसँ' ब्या' गर्देर भौतेलाई घात गर्न खोज्नी? ल खुरुक्क जुरेलीलाई चौतारीमा ल्याऊ र हाम्रै सामुन्नी दियो कलस पुजा गरेर कन्नेदान देऊ। अब, जाइन्जो, पन्नित काम आफैंले गरेर भने पनि यो ब्या' पार नलाई भएन।
Read Full Discussion Thread for this article