Posted by: CaMoFLaGeD August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
यो चौतारीमा बिच बिचमा चुस्स छिर्दा त केहि पनि नबुझिने रै'छ। माल्दाईले के कुरा झूट बोल्नु भयो नि? बुढा मान्छे भएर नि त्यस्तो झूट बोल्छन्?? हे हे हे!! सबै लागेछन् त हजुरकी जिम्माल्नीलाई कुरो पुर्याउन। लौ अब सत्तर्क भएर घर जानुहोस है। अस्ति न को जस्तो कुचोको झटारो भेट्नु होला नि फेरि। केटिहरुले लगाको कुरो हो क्यारे एउटा भन्न खोजेका हुन्छन् भरै कुरो अर्कै भएर कहाँको कहाँ पुग्छ। गार्हो पर्ला फेरि सम्झाउन। साँचि गार्हो काम हो है केटी मान्छेलाई सम्झाउन। भन्देको छु मैले। लौ आज राति पनि चौतारीकै बास होला जस्तो छ माल्दाई को। त्यस्तो केहि परे मलाई बोलाउनु क्यारे बसेर फलाँस खेलम्ला १२ बजे सम्म अनि त तपाईलाई नि निन्द्र लाग्ला नि त्यो चौतारीमै। हे हे हे!!
Read Full Discussion Thread for this article