Posted by: Birkhe_Maila August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
यो आधि उमेर चाइन्जो बित्ने बेलाँ एसो घरजमको कुरो निक्ल्या के थो, भाँजो हाल्न आइपुगे गाम्लेरु। कुरो के भने नि फुलौरे जेठान, चाइन्जो अब उमेर त बुड्बुडै हो मेरो तेसैले सपैले ‘बा’ ‘बा’ भनेका। अनि अब गाम्का सपैले ‘जिम्माल बा’ भन्दा पक्कै पनि घराँ जिम्माल्नी आमा होलिन भन्ठानेका। काँ पा’र हुनु, जिम्माल्नि खोज्दा खोज्दै त यो गति भाको नि मेरो। उइलेई गाममा गल्लावाल आम्दा लाउरे दाई र म दुबै छेकिन गाको। हाम्रा बा ले “ लु तिमेरु दुई भाईमा एक भाइ लाउर जानु अर्को यतै चाइन्जो गाममा बस्नु” भनेर भन्नुभो, लाउरे दाइ छानिइहाले आफ्नो के जाति छातिको नाम नपुगेर मिल्क्याइदियो। त्याँसि घरमा एक्लै भइयो के रे कामकाज अर्ने, अनि त बे अरुम भन्दा भन्दा कइले घर खेतको लन्ठा, कइले गामको नियाँ निसाफको टन्टा, कइले चाइन्जो असार कइले मुइँसिर अर्दा अर्दा यो उमेर भो। अब एक्लै घराँ बस्छु भन्दा गाम्लेले खासखुस कुरा चाइन्जो अर्छन कि भनेर घराँ नभा जिम्माल्निको नि कुरो अरेको मात्तै हो नपत्त्याए भउतेलाई सोध्नु, बुइनि दिए हुन्छ।:) हा….लौरी कटाईदेऊ जेठान बैनिलाई घरमा पठाइदेऊ..
Read Full Discussion Thread for this article