Posted by: Birkhe_Maila August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
बल्ल मनओ कुरो बुज्ने मुन्छे पाइयो गाँठे! ठिक कुरो अरेऊ फुलौरे :पि अब बुइनिओ चिन्ता नअरे हुन्छ, गामको हुनेखाने नै हुँ । चाइन्जो चार चार वटा त दुहुनु भैँसि छ, दूध र घ्यूको छेतोखेलो। अब खेतको कुरो चाइन्जो अर्नुहुन्छ जेठान भन्देखुन दुइ बालि लाउने अकबरि खेत छ गोडा तिसेक रोपनि। अलिअलि जमिजग्गा त मदेशाँ नि जोडेओ छु। अब चाइन्जो मान्छे कै कुरो अर्नुहुन्छ भने नि, यी हातपाखुरा अझै बलिया छन्, पोहोर मात्तै तो हाम्रो गोठमा राखेओ ठुलो अग्राखको खामो येइ ज्यानले बोकेर ल्याको। चुलो चौको अर्न नि चाइन्जो तपाईँको बुइनिलाई सकस हुन्न के रे, के जाति गोउर ग्याँस भुनेर शहराटि आ'का मुन्छेले गाइ बस्तुको मल र हाम्रो मल एउडै खाल्डोमा राखेर चुलो, बत्ति सपै झिलिमिलि बनाईदेका छन्। अब पडाई लेखाई नभाको बुडो भन्नु नि पर्दैन पात्रो हेर्न आउँछ मजाले, अनि चाइन्जो तमसुक समसुक सपै खररर पड्छु। लोउगितको त कुरै नअर, चाइन्जो रोदिआँ जोर मादर घन्कार गोडा दुएक गिद गाम्नु पर्छ, गामका अल्लारे केटासँअ नारिन छाडेर सपै नखरमाउलिहेरू हेरि मै बुडोलाई हेर्दै मुसुमुसु हाँस्छन्। सुकिलो कमिज सुरुवाल ला'र हिँड्छु, गामको चाइन्जो ठालु नै हुँ। नपत्याए पुन्टे दाईलाई सोधे हुन्छ। अब उनको त झन कुरै अर्नु परेन मेरा नि दाई परे। लु कुरो पक्का सम्झिउँ त??? हाsss...मै बुडो नि भओ तन्नेरी..
Read Full Discussion Thread for this article