Posted by: shirish August 15, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
धर्मोगत शर्मा ‘तुफान’ गजल मेरो हृदयमा आज घायल देश दुख्दैछ शहीदका रगतमा डुबेको परिवेश दुख्दैछ संस्कृतिमा विकृति पस्दैछ भताभुंगछन् आशाहरू भोलिका आशाहरुको विकृत क्रियाभेष दुख्दैछ राहतले कता बाटो विरायो कसरी फुट्छ विकासको मूल आ-आफ्नै पिडामा हिमाल पहाड मदेश दुख्दैछ आसालु नयनहरुले वर्षौसम्म साँची राखेको भत्कियो सपनाको महल भग्नावशेष दुख्दैछ ।
Read Full Discussion Thread for this article