Posted by: Poonte August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
भो भो! मै भागुम के रे! मिसलाई तर्साएर भगाईदो भुनेर फेरि भाराभुरी सब मिलेर यो बुढो हड्डी भाँच्देलान्! क्स्सेर ज्यान दरो पारेको, ठुल्बुईनी त फेरि उई चित्रेसंग मस्किन थालिछे। लु त नि अब, जवाईं नै बन्नि भए भन के रे चित्रे यो जेठानको लागि काँ को सुट हाल्दिनि हो? साईको घडी नि हाल्दिनि हो कि? साथको ट्राँसिस्टर रेडिओ नि पुरानो थोत्रो भई सकेथ्यो के रे। २-४ हाँडी रउसि त झनै बेस हुन्थ्यो। मेरी धोबिनीलाई नि एउटा नयाँ पेटिकोट। जेठीलाई बनारसि सारी। बुठेसकाल लाओ, हिँड डुल अर्न नि गारो भई रा’ बेलाँ, एउटा अरबी घोंडाको बन्दो बस्त भए त अर्कि बुईनी नि दिन्थें के रे! यो ग्वाँचेको लेखाई चईं सारै मिठो। यल्लाई नि एउटी बुईनी भिराईदिन परो। थुप्रै छन् के रे बुईनीहुर नि! साली त भा’को एउटी भउते काजीले चेट पार्द्‌यो। अब यो बुठेसकालाँ बन्दुक बोकेर लड्न त सकिन्न के रे। तर माउबादी पो मन पर्न थाले थालेऽऽऽऽ जस्तो भा’छ अचेल। अरु पाजीहुरको भरोसै भएन। यता गर उता गर तै नारनहिटी सिरोपर! धत्! लाल सलाम्!
Read Full Discussion Thread for this article