Posted by: Birkhe_Maila August 14, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
क्या बात ग्वाँचे! साह्रै मन छुने कथा! *********** डल्ली फुपु, "यस्तै रहेछ यहाँको चलन!" जे भए पनि स्विकार गर्नै पर्दोरहेछ.. मुश्किल समय धैर्य नगुमाई बिताउनु भयो भन्ने बिश्वास छ! ************* ए दादा, कता हराउनुभएको हँ आजकल? ************ यता कुम्ले र तितौरीको मजासँअ जुहारी चल्दै रेछ तल कुटमिरोको रुखनिर, कुम्ले रुख चडेर सेउला काट्दै रेछ तल तितौरी डोकोमा भर्दै रहिछे, अनि जुहारि चाहिँ यस्तो रहेछ- कुम्ले- धेरै पछि जम्काभेट भैरा छ कता कता अचम्म लाई राछ चस्मा कपालमा तिमी जस्तो नक्कले कान्छि त छैन नेपालमा तितौरी- हे कानमा मुन्द्रा कपाल बाँधेको के देखेर अचम्म मानेको चस्मा कपालमा तिमी जस्तो नक्कले कान्छा त छैन नेपालमा कुम्ले- हे गाउँमा छँदा लाउँथ्यौ नि फरिया बर्षदिनमै भैछौ नि शहरिया चस्मा कपालमा तिमी जस्तो नक्कले कान्छि त छैन नेपालमा तितौरी- हे पैला जस्तो जमाना छैन चल्ति फेसन गर्न केइ हुँदैन चस्मा कपालमा तिमी जस्तो नक्कले कान्छा त छैन नेपालमा
Read Full Discussion Thread for this article