Posted by: Birkhe_Maila August 14, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
नेपे दाई, धन्यवाद्, एउटा निकै सटिक, जीवन्त र मिठो चलचित्रको याद दिलाइदिनु भएकोमा! मैले पोहोर तिर हेर्ने मौका पाएको थिएँ यो फिलिम। तत्कालिन पश्चिम बङ्गालको नक्सलवादी आन्दोलन, भारत सरकार र त्यस भेगका confused युवा युवतीहरुको कथित् 'सहि बाटो' खोज्ने क्रमको उतार चढावहरु निकै मिठो र गहकिलो ढङ्गमा प्रस्तुत गरिएको भेटेँ मैले। बौद्ध भिक्षुहरुमा पनि glamor देख्नुभयो रे!! कुनै वास्तविक गजल लेखकले मात्र यस्तो दिशामा सोच्न सक्छ! गजब! :) धन्यवाद, बिष्णुअवतारजी मिठो शेरको लागि! गालिबको कुरा भैरहेको भएर अरु शेरहरु पनि राख्न मन लाग्यो- दिल ए’ नादान तुझे हुवा क्या है आखिर इस दर्दकी दवा क्या है हमको उनसे वफाकि है उम्मिद जो नहिँ जानते वफा क्या है जान तुम पर निसार करता हुँ मै नहिँ जानता दुआ क्या है
Read Full Discussion Thread for this article