Posted by: Nepe August 14, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
बिर्खेज्यू, तपाईको टिप्पणी र गालिबका शेरहरुको लागि धन्यवाद । के कुरा चाहि जगजाहेर भईसकेको छ भने मेरो कार्यक्रम राजनीति र शायरीको खिचडी हो र अघिल्लो मसलालाई मैले बेसी नै उदारताकासाथ हाल्ने गरेको छु । नि:सन्देह "साप्ताहिक शायरी" अब एक misleading नाम हुन पुगेको छ । यसबारे सोच्दैछु म । समसामयिक राजनीति, त्यसमा पनि मेरो निजी धारणाहरु, संग सटिक हुने शेरहरु पाउन कठीन त छदैछ । पाए नै पनि कला जस्तो कुरालाई राजनीतिको सेवा गर्न लगाउनु एक प्रकारको abuse नै हो । त्यसैले अलिकति अपराधबोधकासाथ यो कार्यक्रम चलाईरहेको छु भन्नप-यो । *** *** *** गालिबको शेर "हजारों ख्वाहिशें.." शायरीको एक उत्कृष्ट नमुना हो । तपाई पत्याउनु हुन्छ ? म कलिलै हुँदा र मलाई हिन्दी-उर्दुको टुटफुट ज्ञान मात्र हुँदा यो शेर सुन्न पुगेको थिएँ र यो सुन्नै बित्तिकै म चित खाएको थिएँ । त्यसबेला ममा बौद्ध दर्शनप्रति आकर्षण थियो र ईच्छालाई न्यूनतममा राख्नु पर्छ भन्ने आदर्शप्रति मेरो श्रद्धा थियो । बौद्ध भिक्षुहरु मेरा heroes थिए, उनीहरुमा म, ल मेरो naivety हेर्नुस्, एक प्रकारको glamor देख्थें । गालिबको शेर सुने पछि मैले नयाँ र विपरित hero पाएँ । ईच्छा र सपनाको यत्रो धनी पुरुष मैले कतै र कहि पनि देखे-सुनेको थिईनँ । भनिहालें नि, मैले त चित खाएँ यार । "हजारों ख्वाहिशें.." को एउटा राम्रो फिल्मी प्रयोग निर्देशक सुधीर मिश्रले गरेका छन् । उनको फिलिम "हजारों ख्वाहिशें ऐसी" बारे मेरो सानो टिप्पणी यहाँ छ- - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23508#158135
Read Full Discussion Thread for this article