Posted by: Gautam B. August 13, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
तन्नेरी (www.tanneri.com)मा भेटिएको यो गजल। "म आशा जडेको कहानी हुँ साथी" - विभोर बराल बहर- मुतकारिब (भुजङ्गप्रयात) सुत्र: १२२x४ म आशा जडेको कहानी हुँ साथी फुलेको मिठो जिन्दगानी हुँ साथी छ जो टल्कँदो दीन त्यो नेत्र माझ ब्यथा थोर पार्ने म पानी हुँ साथी उदाएर तारा अँध्यारो गएन उज्यालो समेट्ने बिहानी हुँ साथी रमाएर एक्लो कुनामा नियाल्ने प्रियाले दिएको निशानी हुँ साथी भिजेको परेली पुछी जो रमेछ त्यही भावना आसमानी हुँ साथी
Read Full Discussion Thread for this article