Posted by: kp dhungana August 11, 2006
ढोंगी विकासनन्द
Login in to Rate this Post:     0       ?        
लामो दाह्री, अट्टाहास पुर्ण हांसो अनि तार्किक ज्ञानका कुरा । उनको परिचय हो यो । उनले आप\mनो अभियानलाई मनोक्रान्ति नाम दिएका छन् । केही बर्ष देखी मनोक्रान्ति अभियानलाइ फैलाउन तल्लिन यी ब्यक्ति हुन् डा. योगी बिकासानन्द (यो डाक्टर उपाधी उनले आफै जन्माएका हुन् ) । आप\mनो मनको परिवर्तन, मनलाइ सृजनशिल कार्यमा लगाउने अभियानलाइ नै मनोक्रान्ति नाम दिएको बताउछन् यी योगी । विकासानन्द मनोक्रान्तिको खुबै राम्रो ब्याख्या गर्न सक्छन् । उनले टेलिभिजन, रेडियो र हरेक शनिबार हुने आप\mनो प्रवचनमा मनोक्रान्तिको नै ब्याख्या गर्ने गरेका छन् । मनोक्रान्ति भित्र आप\mनो मनलाइ शक्तिशाली बनाउने बैज्ञानिक प्रविधि ‘साइको साइबरनेटिक्स’, मन र शरिर स्वस्थ्य राख्ने योग, हरेक नयां कुरा सिक्न चनाखो बनाउने र सम्झने शक्ति बढाउने सुपर लर्निङ र ब्रम्हान्डको शक्तिलाइ मनको माध्यमले हातको प्रयोग गर्दै रोगीमा प्रवाहित गर्ने प्रवृधि ‘रेकी रहेको छ । यी कुुराहरुको सफल प्रयोग पश्चात नै मनोक्रान्ति हुने उनि बताउंछन् । More in www.hamroblog.com
Read Full Discussion Thread for this article