Posted by: gwanche August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
दस् बार बर्ष्'छि सहराँ आको, मेरी बास्सै,जता हेर्यो मुन्छे नै मुन्छे । फेरी पैला बा'सँअ आँउदा खेरी कता'ट आयियो कता'ट्, हिड्दै आ हो । फेरी तेती बेलाँ सप्पै कुरा याद्'नी छैन, सानै थे । कलौकी भुन्ने ठाम्मा छोड्दि हाल्यो बुसले । अब भौतपुर जाने कसरी ? जिम्मालबाका पनि गाम्मा मात्तै कुरा बढि रेछन्, शहराँ पुगे'सी त बुढा नि रणभुल्लमा परिहाले नि । आफ्नु त अझै नि भुँडी भित्र कबड्डी चलिरा' नै थ्यो तर क्यार्नु भौतपुर जाने गाइजात्रा हेर्न भनेर आसी, यतै तिर अल्मलिने कुरा भेन्' जसरि भे नि भौतपुर त जानु परिहाल्यो । यस्सो हेर्छु त जिम्माल बुढा त छैनन वरिपरि, लौ बित्यस् पार्‍यो बुढाले मलाई पो एक्लइ छोडेर कता मुन्टियछन जस्तो लाग्यो । यत्रो ठुलो शहरआँ अब कसरी जिम्माल बुढालाइ खोज्नु । रुन मात्रै बाकी'थ्यो, बुढा त पर बाट हस्याँङ फस्याँङ अर्दै दौडिँदै यतै तिर पो आउँदै'रैछन । हामीलाई मिसले किताबआँ पढाउनु भा' लिग लिग कोत को दौड्मा पो भाग लिनु भा'हो कि जिम्मालबा ले जस्तो लाग्यो, फेरी राजाँ गाम्माँ जे पुनी हुनसक्छ । अस्ती नै रिकुटेको रेडिउमा के के न जात्ती राजाँ गाम्मा आन्दुलोन भ्यो रे भन्ने सुन्या'थे, राजा पनि नयाँ बनाउँने हो कि के हो यस्तै भन्दै थे । हाम्रा जिम्माल बा पनि राजा बुन्ने दौड्मा पो भाग लिन आ'रछेन काड्मानु जस्तो लाग्यो, फेरी गाम्का जिम्माल हुन्, पैला अड्डाँ नि डिठ्ठा हो कि खर्दार भा मुन्छे, राजा हुन त सकिहल्छ्न जस्तो पनि लाग्यो । यसरी नै हाम्रा जिम्मालबा राजा भेर काडाँघारिआँ भइसि चराउँदै अनि म चाँही पछी पछी पाडो डोर्‍याउँदै गरेको कल्पना गर्दैथे' मेरो हात तान्दै लौ हिंड मोरा छिटो भन्दै बुढाले मलाई पनि आफुसँअ डोर्‍याउँदै लगे । बुढाले मलाई पनि दौड्मा लिएर जान ला पो हुन कि जस्तो लाग्यो, न पर्धन्मुन्त्री को पनि दौड पो हो कि, के जान्नु आफुले राजाँ गाम्का कुरा । बरु यस्तोमा त पुन्टे दाई लाई पो ल्याउनु पर्ने, सबैलाई पछारिहाल्थे नि । कलौकी भुन्ने ठाम्बाट दौडेको तिउपुर्सेर भुन्ने ठाम्मा गएर रोकियौं । आफ्नु त भुँडी भित्र भैरेको आन्दुलोन पनि साम्सुम भइ सकेछ दौडिँदा-दौडिँदै, बरु खुट्टाले पो चक्का ज्याम गर्लान जस्तो भो । के भो जिम्मालबा किन हामी यसरी दौडेको राजा र पुर्धन्मुन्त्री हुन हो भनेर सोधेको, बुढा त काँचै खाउँला झै गरेर आँखा तरेर स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै भइस् बज्जे एइ थुतुनोले पुर्धन्मुन्त्री भन्दै गर्जिन्छन । पुर्धन्मुन्त्री हुन त गिरयान्ड् हो कि फिरयान्ड् डिजुन् बनाउनु पर्छ रे भन्छन्। बुढाआ कुरा बुझे मार्दिनु तर् अब् जिम्माल् जस्ता मुन्छे ठिकै त भुन्या होलन् जस्तु लायो। अनि किन् यसरि दौड्या त जिम्माल् बा, आन्द्रा भुँडि मुखाँ'ट निस्कने अरि भनेर सोधे। अब के भनु मोरा तलाइ, त्याँ कलौकि पुगेछि भौतपुर् जाने बाटो सोध्नुपर्यो भुनेर एउटि केटिलाइ पछाडि'ट ए नानि भौतपुर् जाने बाटो कुन चै हो भुनेर सोधेको त झन्डै मारेको। लामो कपाल् चुल्ठो बना'र् पछाडि बाँध्या'थ्यो, हाम्री तितौरिको जस्तै गरेर्, नानि न होला भन्ठानेको त, काँ'ट नानि हुनु नि, भुबुने केसीको जस्तो जुँगा भा' बाबु परेछ, मोरोले देखाइहल्यो नि बाउको बे। अनि नभागेर क्यार्ने त्याँ'ट। लौ बुढाको त सुरु भे'छ गाइ जात्रा। अब् चाहिँ केहि खानु पर्यो जिम्माल्बा, हिजो रातिको ढिडो पनि निस्किहाल्यो, मुलिनमा खा'को काक्रो पनि निस्किहाल्यो, अब् त आन्ध्रा र भुडि मात्रै बाँकि छ पेट भित्र भन्दै तिरुपुर्सेरमा एउटा होटल भित्र छिर्यौ। मलाइ जेरि असाध्यै मुन् पर्ने, जेरि खानी भुनेको छैन र'छ। जेरि न'भे रसभुरि नै खौँ ग्वाँचे भने जिम्मलबाले। लौ त ठेल्दिउ, भर्खर् त सहराँ पुगिया छ, अझै के के हुनि हो भन्दै एक् एक् पिलेट रस्भुरि अनि एक् एक् गिलास पानि मगायौं। हन् जिम्माल बा रसभुरि तो गुलिओ हुनुपुर्ने हैन र यो त नुनिलो नुनिलो पो छ भनेर सोध्दा, बुढा पनि तेइ सोच्दैरैछन्। खै सहराँ रसभुरि यस्तै हुनि त होला नि भने जिम्माल्बाले। होला नि त, जे पर्ला पर्ला, पैसा बुढाले तिर्ने हुन क्यारे भन्दै अर्को एक पिलेट पनि चप्काइदे मुइले त । बुढा पैसा तिर्न गा'का त दुई जनाले खा'को एक से असि रुप्पे रे । मेरी बाब्बै, कति मुहुँगो हो यहाँ त । पानी को पनि पन्ध्र रुप्पे रे, यस्ता पानी त के मोइ पनि सित्तैमा पाउँछ हाम्रो गाम्मा भन्दै जिम्मालबा कराउँदै थे, के सुन्थ्यो त्यो होटल वाला साउले । पैसा दिने भे देउ नत्र ........ भन्दै भाँडा माझ्ने ठाम तिर इसारा गर्दैथ्यो, बुढाले निकालीहाले दुई'टा से को नोट सुरुवाल को इजार्नरबाट । आफुलाई त के मत्लब र टन्न खाइ हालियो, पुइसा आफुले तिर्नु पर्ने होईन क्यारे । खाना साना खाइवरि होटेलबाट बाहिर निस्क्यौँ, जिम्मालबा त के के गाली बर्बाराउँदै'थे, आफ्नु त हिजो देखि केइ न खा पेट्, टन्न भेर निन्द्रा पो लाग्ला जस्तो भ्यो । अब या शहरआँ सुत्ने कुरा नि भेन्, फेरी जिम्माल बुढाले भर हुन्छ भुनेर साथी ल्याका, साथ त दिनै पर्‍यो । अब चाँही भौत्पुर जौँ मोरा, मध्य दिन भइ सकेछ, फेरी गाइजात्राको झाँकी सिद्देपछी पुगेर के काम्, गाइजात्रा हेर्ने भुनेर आको तेत्रो टाडा'ट भुने जिम्मालबाले। डराउँदै डरौदै एउटा मुन्छेलै भौतपुर् जाने बाटो सोधेको, त्याँ'ट टौलि बस हो कि के हो भन्ने मा चडेर जानु भन्यो। लौ त जौ भनेको त टौलि बस् भुनेको पनि तेस्तै हामि गाम्बाट चढेर आ'को बुस जस्तै रे'छ, खालि माथि पट्टि छानामा टुपी जस्तो खै के हो माथिको तारमा झुन्डिने रैछ। याँ पनि भिड त तेस्तै रेछ, काँ बाट आइछन् यति धेरै मुन्छेरु। यस्सो कुनामा अडेस् ला'र् उभिया थियौ, भैँसि कराको आवाज् पो आउँछ। लौ मर्यो, गाम्बाट् आ'को बसमा त खसि र च्याङ्रा मात्तै थे , याँ त बज्जेरुले बुसाँ भैँसि नै हाल्दा पो रेछन् जस्तो लायो। दायाँ बायाँ हेर्छु भैँसि त के पाडो नि देखिदैन। हन् के अचम्म् हो यो, अवाज छ भैँसी छैन भनेर सोच्दैथे भैँसि त जिम्माल्बाको पेटमा पो करैरा'रैछ । हन के भो जिम्मालबा भुनेको, ति असत्ति मोराहरुले भैँसीको रसभुरी पो ख्वएछ्न्, पेट भित्र पो जुध्न थाले राँगाहरु, मलाई त गाह्रो भो भन्न थाले । लौ किलिन्दर भाई बस रोकौं गाह्रो भो भनेर किलिन्दर लाई भुनेको, त्यो मोरो त झन च्याँठ्ठिदै यो गाम हो र जाँ पायो तेइ बस रोक्ने, काड्मानौँमा त आफ्नो स्टेनमा मात्रै रोकिन्छ बस भन्दै आँखा तर्न थाल्यो । बुनेसर भन्ने ठाम्मा बुस रोकियो । लौ ग्वाँचे म चाहि पेट हलुका गरेर आउँछु, त चाहि मलाइ यै बुसमा कुरि राख् भन्दै बुढा बुस बाट ओर्ले। बुढाले ओर्लिने बित्तिकै बुस त हुइँकिहल्यो। मलाइ पर्यो आपत, बुस रोक भुनेर करौँदै थे, किलिन्दरले अर्को स्टेन्मा मात्रै रोक्छ भन्यो। अब गर्ने के, सँगै आका जिम्माल बुढा छुटि हाले, बुस् चाहि कोतेसुर भुन्ने ठाम्मा गेर् रोक्यो, त्याँ भुन्दा उता जाँदैन रे। अब के गर्ने होला, जिम्माल् बुढालाइ यत्रो सहराँ कसरि खोज्ने होला भन्दै सोच्दै बुसा'ट ओर्ले। (बाँकि पछि)
Read Full Discussion Thread for this article