Posted by: world_map August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
ए लौन! म केही दिन चौतारी आउन नभ्याएको त के के भैरा’रैछ त यहाँ!! :D सबै गाम्लेलाइ मेरो यत्रो ख्याल गरेर खोजी गर्नुभएकोमा धन्यवाद है। ठूल्नानी, मैले तिम्रो माया मारेको कहाँ हो र, अति व्यस्त थिएँ क्या काममा, त्यसैले आउन सकिनँ। तिमीलाइ छोडेर अरूको पछि लाग्ने त सोच्या नि छैन। लौ यौटा कविता लेख्दिन्छु बरू तिम्रो लागि तिमी पर्खिरहन्छौ मेरो बाटो भनेर म लम्कि लम्कि अघि बढ्दै थिएँ तिम्रो हृदयदेखिको सन्देश सुनेर म चम्कि चम्कि उकालो चढ्दै थिएँ मेरो व्यस्ततालाइ तिमी उपेक्षा नसम्झ मेरो अनुपस्थितीमा क्यै छैन रहस्य हाम्रो भौतिक दूरीलाई तगारो नसम्झ जिन्दगी रहे भेट हाम्रो हुनेछ अवश्य :P सबैले एक से एक रमाइला कुराहरू गर्नुभा’ रैछ मेरो बारेमा, ती सबको लागि फेरी धन्यवाद।:) मास्टर्नी दिदीले त मेरो फोन नं समेत राख्दिनुभएको :D ल, यस्सो फुर्सद निकालेर आउँदै गर्नेछु, अनि सबैलाई गाईजात्राको फेरी शुभकामना!
Read Full Discussion Thread for this article