Posted by: CaMoFLaGeD August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
अइयाSSSSSSS!!!!!! क्या भनेकी हुन ठुल्नानीले पनि। राती राती त्यसरी एकलै हिड्नु हुन्छ त? हैन त्यो चित्रे पनि के भा'को होला। सिनेमा हेरेपछि घर सम्म त पुर्याइदिन पर्ने नि। बाटो मै छोडेर हिडेछ। म नि यसो बाहिर तिर निस्कम भनेर निस्केको त ठुल्नानी एक्लै लुसु लुसु आउदै रैछिन्। आफु परियो गाउँ सोझो ठिटो, अफ्ट्यारो मा परेकी होलिन भनेर ठुल्नानी लाई बोलाको त। तर्सेर बाबै!! क्या अर्छौ त ठुल्नानी। यस्तै अनुहार छ मेरो। राती अलि तर्साउने जस्तो देखिन्छु के। तर मन त राम्रो छ नि, सोध न तिम्री साथीलाई, मेरो मन कस्तो छ बनेर। अनि त्यहि दिन देखि चित्रे हराको हो कि कसो? लौ भएन यो चित्रेलाई नखोजी भएन। हैन पुन्टेदाई के गर्दैछन। छिटो खोज्न निस्कनु पर्यो चित्रेलाई। यहाँ ठुल्नानीले सम्झेर उधुम भैसक्यो। :P
Read Full Discussion Thread for this article