Posted by: gwanche August 9, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
सबैलाइ जदौ है मेरो तर्फबाट, क्यार्ने हिजो अस्ती आउन सकिएन देखि हाल्नु भो नि मेरो हालत । अस्ती शनिबार छुट्टीको दिन उपयोग गर्नु पर्‍यो भनेर मज्जाले तल्लोघरे काँइलाबाको बारीमा आरु चोरनु पर्‍यो भनेर गाको । केटाहरु पनि आउँछु भन्थे ....., मोराहरु आउँदै आएनन्। आरु पनि टन्नै टिपिसकिया थ्यो, तर दसा रैछ, बरसातको बेला हाँगा चिप्लो रैछ, गुल्टिहाले नि कन्ला मुनी । दाँया खुट्टा त कर्‍याकै गैहाल्यो नि । तै बुढाले थाहा पाएछन र गाली गर्नुको सट्टा हेलथ पोसट्मा लिएर गए । बल्ल आज देखि बैसाखि टेकेर हिंड्न सक्ने भा'छु । चौतारीमा त आउनु परिहाल्यो नि भनेर आको । एक दुई दिन छुट्दा पनि कति धेरै कुरा भई सक्दो रैछ । म त तितौरिको बर्थ देको केक खा'र हा टा गरेर गाको, कुम्ले अनि साँहिलाको कथाहरुको पनि प्रसंसा गर्नै भ्याएन । आशाध्यै राम्रो कथाहरु लेखेउ तिमेरुले, कीप इट अप केटाहरु । पुन्ते दाई को त के कुरा गर्ने, एक दिन चौतारीमा न आउँदा नै धेरै छुटि सकेको हुन्छ ।जोड घटाउ (++++/----)को विवाद पनि चली रा' रैछ,पुन्टे दाइको तर्कसँग म पनि सहमत छु ।जिम्मालबालाई चाँही फेरी बैँस् चढ्या जस्तो छ, राम्रै हो तर जिम्मालनी आमाको कुचो चाँही नबिर्सनु होला । गालब त आरु चोर्न आउँछु भन्ने मुन्छे, जापुन गएर फोटु पो खिचिरारैछ । जे भए पनि राम्रो छन फोटुहरु । रोल लम्बर चोरको पनि बिग बिगी भइ सकेछ, अब चाँही म आइहाले, सब्को ढाड सेकौनु पर्छ । अरु सबै यस्तै हो एक बार्को जुनि, खुट्टा पनि भाँचिन्छ, हात पनि मर्किन्छ ....... अब चाँही खुट्टा भाँचिहाल्यो, दिन भरि चौतारीमा नै बसिरह्न्छु । रोल लम्बर १०१, ग्वाँचे ........ खुट्टा भाँचिए पनि हाजिर मिस्
Read Full Discussion Thread for this article