Posted by: nationalist5 August 8, 2006
What should be in New Nepali Constitution?
Login in to Rate this Post:     0       ?        
What should be in New Nepali Constitution? Where is the road map for New Nepali Constitution? केमा अल्भिmयो अन्तरिम संविधान ? संविधानसभाको निर्वाचन प्रक्रिया र प्रतिनिधिसभा विघटनको प्रसङ्गमा पुगेर अन्तरिम संविधान अड् किएको छ माधव ढुङ्गेल अन्तरमि संविधान मस्यौदा समिति मस्यौदा लेख्न दोस्रोपटक साउन १८ गते अपराह्न धुलिखेलतिर लागेको छ । समितिको म्याद सकिने दिन साउन २४ गतेभित्र कुनै पनि हालतमा ड्राफ्ट सकेर वार्ताटोलीलाई बुझाउन समिति लागिपरेको छ । धुलिखेलको लज रसिोर्टमा २१ गतेसम्म बसेर र्फकने योजनासहित समितिका संयोजकसहितका १६ जना त्यसतर्फ लागेका छन् । 'फाइनल ड्राफ्ट' का लागि बस्ने भनिएको छ । तर, समिति टुङ्गोमा पुगिसकेको छैन, यी विषयबारेमा के लेख्ने भनेर ः अिन्तरमि व्यवस्थापिका कस्तो हुन्छ र कति सदस्यीय हुन्छ ? सिंविधानसभाको निर्वाचन प्रणाली र सिट सङ्ख्या कति हुने ? राजाको स्थानका बारेमा अन्तरमि संविधानको मस्यौदामा के लेखिएला ? अन्तरिम संविधान मस्यौदा समितिका संयोजक लक्ष्मणप्रसाद अर्यालले साउन १९ गते बिहान धुलिखेलमा नेपाल सम्पादक किशोर नेपाललाई बताउनुभयो, "आएका सुझावलाई पढ्दा र मान्छेका कुरा सुन्दा राजासँग जनताले खुबै चित्त दुखाएका रहेछन् । कतिले त राजा राख्नै हुँदैन, अहिले नै फाल्नुपर्दछ भने । हामीलाई लेख्न त गाह्रो होइन । तर, यसबारे राजनीतिक शक्तिहरूका बीच मतैक्य भएन । अन्तरमि संविधानले राजतन्त्रका बारेमा निर्णय गर्ने कुरा पनि भएन । त्यसबारे संविधानसभाको निर्णय आउनुपर्दछ भन्ने कुरामा हाम्राबीच सहमति बनेको छ ।" व्यवस्थापिका र निर्वाचन प्रणालीका बारेमा सरकारी र माओवादी वार्ताटोली अझै निष्कर्षमा पुग्न सकेका छैनन् । "दलहरूबीच एकमत नहुनाले मस्यौदा समिति अप्ठ्यारोमा परेको छ । सात दलभित्रै एकमत छैन," अर्याल भन्नुहुन्छ, "काङ् ग्रेसले यही प्रतिनिधिसभालाई लम्ब्याउने र सदस्यहरू थप्ने सुझाव दिएको छ । तर, प्रतिनिधिसभाको विघटन वा निरन्तरताका बारेमा एमालेले स्पष्ट धारणा राखेको छैन । माओवादीले भने यो संसद् विघटन गरी सदस्य सङ्ख्या तीन सयको हाराहारीमा रहेको अन्तरमि व्यवस्थापिका गठन गर्न जोड दिएको छ ।" यसमा एकतिहाइ माओवादी, एकतिहाइ नागरकि समाज र एकतिहाइ सात दलका प्रतिनिधि रहने प्रावधान छ । अर्याल भन्नुहुन्छ, "जनताले सात दल र माओवादी मिल्नुपर्छ भनेका छन्, हामी जनताको त्यही अभिमतलाई आधार मानेर काम गर्दैछौँ ।" अर्यालका विचारमा सरकार र माओवादीबीच मित्रता भएका बेला माओवादीसँग हतियार हुनु र नहुनुले खासै फरक पार्दैन । मित्रता भएपछि एकआपसमा डराउनुपर्दैन । मस्यौदा समितिका सभापति लक्ष्मणप्रसाद अर्यालको प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालासँग भेट नभएको डेढ महिना भएको छ । "भनौँ न, मस् यौदा कमिटीको संयोजकको दायित्व सम्हालेदेखि नै प्रधानमन्त्री कोइरालासँग मेरो कुराकानी भएको छैन," अर्यालले बताउनुभयो । यसअघि, राजनीतिक विषयमा निर्णयमा पुग्न मस्यौदा समितिले साउन १७ गते सरकारी वार्ता समितिसँग भेट गरेको थियो । "उहाँहरूले तपाईंहरू पनि निचोडमा पुग्ने कोशिस गर्नुस्, हामी पनि कोशिस गर्छाैं भन्नुभो," वार्ताटोलीसँगको छलफलबारे मस्यौदा समितिका सदस्य अग्नि खरेल बताउनुहुन्छ । मस्यौदा समितिका एक सदस्यका अनुसार, यसअघि १५ सदस्यीय समिति रहेकै बेला आठ र सात जनाको दुईवटा समिति बनाएर राजनीतिक तहबाट निर्णय हुनुपर्नेभन्दा बाहेकका विषयमा दुईवटा छुट्टाछुट्टै मस्यौदा तयार गरएिको छ । धुलिखेलको तीन दिनको बसाइमा ती दुईवटा मस्यौदालाई मिलाएर एउटै बनाउने काम पनि गरनिेछ । more .... http://www.kantipuronline.com/Nepal/aabaran.php
Read Full Discussion Thread for this article