Posted by: nepesahila August 6, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
१९९०को बिश्वकप फुटबल सकिएपछिको यस्तै साउन मैना भ'को हुंदो हो, हामी सप्लै म्याराडोना, सिलाची, क्यानिजाको झल्कोले छाड्या थेन। उसै त फुटबल खेल्न भनेपछि हामी बारै मैना, बारै काल मरिमेट्थेम। गाउंभरीका बुढाहरु संग बि-बिस रुपियां मत्तै भे' नी भिक माग्दै बर्षा' एकपटक हामी एउडा फुटबल किन्थेम। भर्खर पाटो हुत्त्याको घरधनी छ भने कहिलेकाहिं माग्दै नमागी उसैले १०० रुपे थमाइदिने सन्जोग पर्थ्यो। ३०० रुपे भो भने, इन्डियन भिनेक्स बल आउंथ्यो तर तेल्ले लाग्दा पनि खुब दुख्थ्यो र बल हान्दा पनि सुरु सुरुमा त खुट्टै रन्थनिन्थ्यो। त्यसैले तुरे, दारे, बाङ्गे, ढिडे, हाउडे, कुइरे र म मिलेर यस्पाली चाहिं फिफा, मिकासा न भे एडिडास नभै चित्त नबुझाउने निर्णय गरेम। तर पैसोको मुहान सब तुर्क्याइसकेपछि पनि चारसय भन्दा बढि भे'न। केहि सिप नलाए' छि, छ्यासिकोटको डाँडामा, गाउंभरिका बुढाहरुलै सराप्दै बिरक्तला'र हामी बसिरा' थेम, एउडा अम्रीकन लुखुर लुखुर बुङमतितिर झर्नला' रे छ। गोरो अनुहार, सुकिला लुगा, हेर्दै कत्ति पैसो पर्ला जस्तो जुत्ता र कट्टुलाको अनि बोक्नै गारो होला जस्तो केमरा भिरेको कुइरे देखेर होला ठुलेले आइडिया निकाल्यो, 'ए, यो कुइरे संग पैसा मागौं न, झार्ला कि त ४, ५ सय?' मैले नी थपे, 'हो, हो, गाइड गर्या जस्तो गरेर लैजाम बुङमतिसम्म, अनि त्याँ पुगेपछि गाँठ मागौंला'। सपको सहमति भो, तर सपजना बोर्डिङाँ पढेनी इङ्लिस बोल्नि भन्याँ शानैको कुरो थ्यो। आ' जे पर्ला पर्ला भनेर ठुले, तुरे, म र बाङ्गे लागेम कुइरेको पछि पछि। 'हेल्लो सर, वि वान्ट फुटबल, हन्ड्रेड रुपिज प्लिज।' कुइरेले हाम्लै हेर्न पा' छैन बाङ्गेले कुइरेले कुरो नबुझ्ला भनेर आफ्नो बाङ्गो खुट्टाले फुटबल हान्या जस्तो पनि गर्दै प्याच्च बोलिहाल्यो। अम्रीकनले कुरो बुझेन। प्वाक परेर हेर्दै हामी पट्टि हेरेर अड्डियो। तुरे र बाङ्गेको भनाभन सधै परिनै रन्थ्यो। र सुरुमै प्याच्च पैसाको कुरो बाङ्गेले निकाल्या देखेर तुरे जङ्गिइ हाल्यो। 'तँ सिमाझ्याक्ने, ढङ्ग छैन बोल्ने भने चुपला'र बस न उ ठुलेले बोलिहाल्छन नी, सुरुमै पैसाको कुरो निकालेर कुइरे भगौन लै मु++।' हुन पनि ठुले हामी मध्यमा जेठो, र समझदार थियो। उल्ले कुरो सुरु गर्यो। 'सर, व्हेर आर यु फ्रम?' भनेर। अम्रीकनले भन्यो, 'आइ याम फ्रम स्विट्जरल्याण्ड।' अनि त्यसपछि हामी, त्यसको पछि पछि लागेम झर्ला र खाउँला भन्ने आसमा। कुइरेले आफ्नो नाम, लुदविग हो कि के हो भन्यो, हामीले नी पालै पालो आफ्नो नाम भन्यौं। मैले पनि कुरोलै निरन्तरता दिनलै कुइरेलै ठाडो संग सोधें, 'हाउ इज स्विट्जरल्याण्ड?' 'व्हाट डु यु मिन?' कुइरेले म पट्टि हेर्दै भन्यो। मलै त डर लागेर आयो।
Read Full Discussion Thread for this article