Posted by: Birkhe_Maila August 6, 2006
Login in to Rate this Post:
0
?
धन्यवाद् टाइराजी, कविता मन पराईदिनु भएकोमा!:)
***************
यसो लहडै लहडमा दुई पाटाहरु पस्कँदै छु।
एकातिर-
कसैको बर्षौँ पुरानो सपनाको,
म कथित् साकार रुप।
कसैको हिसाबी लखमा,
म एउटा उपयुक्त कुमार।
कसैको मगन्ते परीधीमा,
म केवल एक सुनखानि।
कसैको गरीव अनुमानमा,
म एउटा समृद्ध व्यक्ती।
कसैको फिरन्ते दिलमा,
म, मात्र एक मोडे सहयात्री।
मलाई अचम्म लाग्छ
मेरा यति धेरै परिचयहरु देखेर,
मलाई चिनाऊने यति धेरै
अवयवहरु देखेर।
अर्कोतिर-
यी संसार हाँक्छु भन्नेहरु,
यी आफैँलाई महान छौँ भन्नेहरु,
यी आफ्नोलागि संसार पोल्नेहरु,
यी दम्भको लागि आफैँलाई पनि छल्नेहरु,
म सङ्ग मेरो परिचय माग्ने नाममा,
मलाई नै मेरो परिचय दिइरहेका हुन्छन ।
म त केवल एकादेशको यात्रि रहेछु,
जसको देश भैकन पनि देश छैन!
म त परदेशि रहेछु, अचम्मको भेषको
जस्को आफ्नो भेष भैकन पनि भेष छैन!