Posted by: Birkhe_Maila August 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
एउटा सानो टुक्रा- तरंग- कुनै सात्विक, सेतो, सुतीको सफा, नरम वस्त्र, झिनो हावाले फिर फिर हल्लाए झैँ; कुनै शान्त, तलाउको कन्चन पानीमा, भर्खरै झरेको पातले, साना मिठा लहरहरु जन्माए झैँ; कुनै डाँडाको टाकुराबाट तल बेँशि नियाल्दा, चिसो हावाले सम्पूर्ण शरीर झनझनाए झैँ; लामो निँद्रापछि बिहान सखारै, पर कतै रुखमा, कुनै पंक्षिको मिठो स्वरले निंद्रा बिथोले झैँ; मेरो अस्तित्वमा, एक मिठो कम्पन हुन्छ; जब अलिक झुकेर, नहेरेको जस्तो गरि एक पटक पुलुक्क हेरेर, तिमिले तिम्रा केशरासी, मुहार बाट पन्छाउँछौ!!
Read Full Discussion Thread for this article