Posted by: Gautam B. August 5, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
ए राता मकै, हैन के भयो हँ यस्तो!? तिरु नानीको जन्मदिनको केक खा'र चौतारीको बाटो उकालो लाग्दै थें, के मा ठोक्केर ड्याम्म लडियो, झण्डै कान्ला मुनिको जिम्मालको गह्राँ पुग्या गाँठे। अब रउसी लाग्या भनुँ भने नी, घरकी गोताइनीले डाडु-पन्यूले उपचार गरेबाट मुखाँ हाल्या छैन, भूत प्रेत लाग्यो भनौँ भने नी, यस्तो झलमल्ल चौतारीमा भूत त के भूतको बाउ पनि आम्न आँट गर्दैन। कतै तिरु नानीलेनै केकमा गाँजा-साँजा हालेर ठट्टा त गरीनन् भन्ने पनि लाग्यो एकछिन त, पछि ढ्याम-ढ्याम र ढुम्-ढुम् बाजा बज्न थालेपछि यस्सो मास्तिर हेरेको त चौतारीका बर-पीपलका बूटाजति लच्किने गरी बाजै-बाजा गाँठे! हाँगा लच्केर बाटो ड्याम्मै छेकेका। तिरुको जन्मदिनमा चौतारी सींगारिएर ठ्याम्मै दुलहीजस्तै! जिम्मालको गह्रोको आली-आली हुँदै घर गइयो त्याँसी।
Read Full Discussion Thread for this article