Posted by: gwanche August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
तितौरी जन्म दिन को धेरै धेरै शुभ कामना है मेरो तर्फ बाट पनि, केक चैन्जो खान म पनि आइपुगे, उपहार चैं खासै केइ ल्याउन सकिएन, फुलको बुके हो कि फुके के भन्थ्यो, किनौ भनेर चैन्जो गाको शहर तिर्, मेरी बास्सै साँचिकै कालीयुग ला' रैछ, दुईटा गुलाब्को फुल धागोले बाँधेर राखेको से रुपैयाँ रे ...... मुइले त त्यो गुलाब को फुल सुल हैन, काउलीको फुल एक गोटा अनि कुखुराको फुल चार गोटा ल्या'छु, तिम्रो जन्मदिन्को उपहार, स्विकार गर है । जन्म दिन्मा फुल दिने त हो नि, क्यार्नी त्यो गुलाब्को फुल्, अर्को दिन ओइलाएर गैहाल्छ ...... कौलीको फुल अनि कुखुराको फुल पकाएर खान त हुन्छ । आच्या, म पनि कति फुल रैछु, कुरै कुरामा हाजिर त अर्नै वीरसेको, रोल लम्बर १०१ ............हाजिर मिस्
Read Full Discussion Thread for this article