Posted by: manepaliketo August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
Mera Pyara Chautari Daju Bahini Yo tapailharu lai linus hai???? योमरी मंसिर ३० गते बिहीबार योमरी खाने दिन परेको छ । योमरी सबैलाई मन पर्छ । यसैले होला यसको नाम यो मरी अर्थात् मनपर्ने रोटी रखिएको । हुन पनि योमरी नरुचाउने को होला र ! नेपालको पहाड र तराईमा असार साउनमा धान रोपिन्छ र मंसिरमा धान पाक्छ । धानबाली भित्र्याएपछि नयाँ धान कुटेर चामल बनाइन्छ । त्यो चामललाई काँचै दही, केरा र गुलियो कुरा मिसाएर न्वागी बनाएर देउतालाई चढाएपछि मानिसहरुले पनि खान्छन् । त्यस्तै, काठमाडौँ उपत्यकामा र उपत्यकाबाहिर बस्ने नेवार मुदायमा नयाँ चामलको पिठोको योमरी बनाएर खाने चलन छ । योमरी केटाकेटीदेखि बूढाबूढीसम्म सबैले रुचाउँछन् । योमरीभित्र तिल मिसाएको खुदो, गुँड वा चिनीको लेदो राखिएको हुन्छ । योमरी बनाउन चामलको पिठो मुछेपछि भुक्क परेको गाजरजस्तो आकार बनाइन्छ र त्यसलाई एउटा हत्केलामा राखेर अर्को हातको औँलाले घुमाउँदै गुँडको लेदो राख्ने खोपिल्टो बनाइन्छ । लेदो राखेपछि खोपिल्टो टालिन्छ र माथि चराको टाउको वा कुनै आकार बनाइन्छ । त्यसपछि बफाउने भाँडा वा मम पकाउने भाँडामा राखेर योमरीलाई बफाइन्छ । एकैछिनमा योमरी तयार हुन्छ । अचेल योमरीभित्र तिल र गुँडको सट्टा खुवा, फुल, काजुकिसमिस पनि राखेर बनाउन थालिएको छ । न्वागी खानको लागि राम्रो बार हेरिन्छ । तर योमरी योमरी पुन्हीको दिनमा बनाइन्छ । मंसिर महिनामा पर्ने पूर्णिमाको दिनलाई धान्य पूर्णिमा पनि भनिन्छ । यो दिन अन्नकी देवी अन्नपूर्णाको पूजा गर्ने चलन छ । चामलको पिठोबाट योमरी र पिठोकै गणेश, कुमार, लक्ष्मी, कुबेर आदि देवी देवताको मूर्ति बनाइन्छ । ती मूर्ति र योमरीलाई धानको भकारीमाथि राखेर चार दिनसम्म पूजा गरिन्छ । अनि प्रसादको रूपमा योमरी खाइन्छ । योमरी पुन्हीको दिन साँझ केटाकेटीहरु छिमेकको घरघरमा गएर योमरी पुन्हीको गीत गाउँदै योमरी माग्छन् । कुनै कुनै समुदायमा योमरी पुन्हीको राती मुकुण्डो लाएर देवी देवताको नाच पनि हुन्छ ।
Read Full Discussion Thread for this article