Posted by: Gautam B. August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
नमेले राखेको कुरो मुनासीप छ। गाइजात्रामा हास्य-ब्यंग्य आदि टाँसौँ सबैले। म आज एउटा सानो ब्यंग्य-निबन्ध टाँस्दैछु। छोटो छ, दुई भागको। आज एक भाग, भोलि एक भाग। हाँस्ने कुरा त्यति छैनन्,गाईजात्राको शुरुवातको लागि मात्रै हो। साझामा पहिला पनि टाँसेको हो। पहिलेनै पढिसकेका गाम्लेहरुले "बासी कुरो पनि के टाँसेको होला----?" भनेर टन्न गाली गर्नुहोला, गाली खान ज्यान तयार छ! (मेरो विश्वविद्यालय जीवनको एउटा मिल्ने साथीले आफ्ना पितालाई "पुराना वाम नेता" भन्थ्यो र हाम्रो अगाडि उनको राजनीतिक जीवनको बारेमा जोक गर्थ्यो । एक पटक त्यो साथीको घरमा बास बसेको थिएँ, कुनै नेपाली नयाँ वर्षको दिन । उस्का पितासंग त भेट र कुराकानी भईनै हाल्यो, भोलिपल्ट बिहान बर्मा थर गरेका अर्का "पुराना वाम नेता" पनि आए त्यहाँ । त्यसपछि, पाँच सात जनाको दल चलाएर अथवा निष्कृय बसेका यस्ता वाम नेताहरुको बारेमा एउटा यो छोटो (ब्यङ्ग?) निबन्ध बन्यो, अलि अलि यथार्थ र अलि अलि कल्पना मिसिएर। केहि वर्ष पहिले लेखेकाले कुनै कुनै प्रसंगहरु पुराना पनि हुन सक्छन्। ) "पुराना वाम नेताको एक दिन" 'पुराना वाम नेता' बिहान साढे आठ बजे उठ्छन् र चूरोट च्यापेर शौचालयतिरको यात्रामा निस्कन्छन्। एकछिनपछि प्रतिकृयावादीहरुलाई बगाएर (फ्लश गरेर) आऊँछन्, दाँत मल्छन्, मुख धुन्छन् र अचानक चाल पाऊँछन् धङ्धङे छ र टाउको दुखिरहेछ। बगैँचाको कुर्सीमा बसेर कालो कफीको चुस्की लिँदै अखवारहरु पढ्छन। सबैको पहिलो पाना ध्यान दिएर हेर्छन्, केहि नपाएर रिसाएजस्तो देखिन्छन् र मुर्मुरिन्छन् । अनि फेरि भित्री पानाहरु हेर्न थाल्छन्। एउटा पत्रिकाको एउटा कुनामा देख्छन् "--------'पुराना वाम नेता' श्री रुसभक्त-चीनमित्र दिल्लीमा उपचार गराई फर्कनुभएको छ।----" भन्ने चार लाइनको समाचार छ। फर्केको एक हप्ता भइसक्यो, बल्ल पत्रिकाले लेख्यो, फेरि त्यो पनि भित्री पानामा यति थोरै छुस्स! कालो निलो हुन्छन् 'पुराना वाम नेता', आफूलाई आजभोलिका "गुलेली बोकेर चरा मार्न हिँड्ने जस्ता" (उहाँलेनै आविष्कार गर्नु भएको विशेषण) पत्रकारले भुत्ला समान पनि नगनेको देखेर । पुराना वाम नेता पत्रिकाहरु एकातिर हुर्र्याऊँछन् र एकछिन त्यत्तिकै टोलाऊँछन्। 'श्रीमती पुराना वाम नेता' मन्दिरबाट आईपुग्छिन्, श्रीमानलाई टिका लगाईदिन्छिन्,टाउकोमा फूल राखिदिन्छन्। एघारबजे 'पुराना वाम नेता' "भूजा" ज्यूनार गर्छन्; कान्छाले किनेर ल्याएको, बाहुनी बज्यैले पकाएको र बुहारीले पस्केको भूजा। उनी अघाऊँछन्, डकार्छन्, चूठ्छन् र सुत्न जान्छन्। 'श्रीमती पुराना वाम नेता' उनको पुरासंग खान थाल्छिन्। सुत्नै आँटेका थिए 'पुराना वाम नेता', फोन आऊँछ एक जना साथीको। उनकी कान्छी छोरी माग्दैछ साथीले आफ्नो भाञ्जाको लागि। "छोरी नआइ के कुरा गर्नु र खै! आजभोलिका पढेलेखेका छोरीहरु-----" आदि अण्टसण्ट बोलेर अल्मल्याऊँछन् साथीलाई र फोन राखिदिन्छन्। (क्रमश---)
Read Full Discussion Thread for this article