Posted by: Poonte August 2, 2006
यो अमेरीकामा !
Login in to Rate this Post:     0       ?        
यस्तै गरि एक दिन भर्खरै नेपालबाट आउनु भा’को एउटा पाको मान्छेसंग मेरो कुरा भा’थ्यो। बाबुको नाम के? थर के? नेपालमा घर काँ? बा को नाम के? बा के गर्नु हुन्छ? कति भो अमेरिका आ’को? अनि अहिले के गर्दै हुनुहुन्छ? आदि ईत्यादि सोध्न भ्याउनु भएपछि, अन्तिममा प्वाक्क सोधि हाल्नु भो, “अनि, बाबुको ग्रिन कार्ड पनि छ?” एकछिन त ट्वाँ परें। त्यो पुरा खोजि निधि पछि मलाई नि वाक्कै लागि सकेको थियो। “ग्रिन कार्ड त होईन, तर मसंग METRO CARD चईं छ,” subway चड्ने metro card वालेटबाट झिकेर देखाएं। “ये! के हो बाबु यो metro card भन्नि? अनि यसले जान आउन पाउँछ त?” metro card लाई धोरेर हेर्दै सोध्नु भयो। “किन नपाउनु नि? म त monthly unlimited किन्छु, जत्ति पनि जान आउन पाउँछ!” “नेपाल पनि जान पाउँछ?” “अनि यसले काम पनि गर्न पाउँछ?” “कामै त होईन, तर काम सम्म जान, आउन मज्जाले पाउँछ।" “अनि यसले के के benefit हरु पाउँछ त? health, social security?” “अरु त तेस्तै हो, बरु यसले transportation benefit चईं १००% पाउँछ।” “अनि lawer सयर लाई नि खर्च गर्नु प-यो कि? कति प-यो?” “lawer नै चाहिन्न यसलाई। खर्च भन्या तेई हो सबैलाई पर्ने -- monthly unlimited को जम्मा $७६। मासिक तिर्न पर्छ।” ***ठट्टै ठट्टामा। कसैको वास्तविक अनुभवसँग मेल खाए, लेखक आफैं जिल्ल पर्नु हुनेछ!***
Read Full Discussion Thread for this article