Posted by: Poonte August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
आम्मुई! मेरी धोबिनी ‍पुनि मास्टर्नी नानी संगै मेलोपात अर्न जान्छे? राम्रै हो…खेताँ काम अर्दै दुई चार अछेर चिन्ने हुन्छे कि? अनि क्यानाम, मानेले मन हुरुक्कै बनायो तो कविताले! पिरती!!!!!!!!!!!!!!! अझ सिनेमाको टिकसको कुरो अर्दै छेस्? मेरो पैसोले त जान नपाम्नि बै सको! काँऽर ल्याम्नि हँ सिनेमा हेर्नि पैसो? कि कोई छ तिम्रो नि? हात खुट्टा भाँचिदिन्छु हे फेरि बज्जेको! बरु, अरु गाँठी कुरो बोली हालाम्…पाको मुन्छे आफू त…रामरी सुनेस सबैले! यो सालीको कुरोले अर्नु अ-यो। हिजो सम्मुन् त आफू नि जोसेकै हो के रे, भउतेलाई भकुर्न। बल्ल बल्ल आफ्नो ज्यान बचेको बेलाँ, अलिक होस् भएन, अनि जेठानलाई भउते तिर नउक्साई फेरि आफैं माथि आईलाग्ने। घिउ तेल पुनि धसेरै सुत्या हो के रे। अहिले बिहान उठेर हेर्दा पो…मेरिबास्सै! ठुलै रनाको मचि रा’ रे छ गाममा। भनि हालें नि, आफू त पाको मुन्छे, बेलाँ बुद्धि पुरा’र कुरो सेलाम्न नदिनि हो भुने त पेरि आमाको दुध चुस्न गए भो! अनि त, ब्यान भरि गाँठेर बिचार अरें। भउते काजी जे भए नि यो गामको पढे लेखेको, सबैको हेर बिचार अर्नि असलै केटो हो। जुरेलीको कुरो नउठुन्जेल त हाम्पुनि जिघ्री नै थेम के रे। अब काँऽर साली बिचाँ आई, अनि त के के भो, के के। अब चौपारी नै फुट्न थालेसि त मुलाई नि पिर परो। कोई उताको साईड, कोई यताको। कोई रमउनि रे, कोई रुनि रे। जे भएनि बहादुरी बल र ताकताँ होईन, बुद्धि र सिस्टाचाराँ हुन्छ के रे। तेसैले, सबै गामको भलोको लागि मुईले यो कुरोलाई अझ उँदिनऽट रोक्नै परो। आज खुलेआम् भन्दिन्छु, ल! जुरेली भउते कै भो! जेठानलाई नि बुझाम्ला के रे। जे भए नि लायकै हो केटो भुनेर। सालीलाई नि मनै नपर्ने त काँ हो र भउते फेरि? आफूलाई चाहिए अब देखुन् त पारि गाममा बल्छी हाल्ने हो के रे। आफ्नै ठाम्मा, आफ्नै धेराँ लईन मारेसि आपत मात्रै! जे होस्, जुरेलीको रामरी ख्याल अर्नु के रे भउते, नत्र फेरि मिलेको कुरो बिग्रेला। बरु, अरु कसैले था’नपाम्ने अरि बेला बेलाँ जाम्ला के रे साढु दाई भाई मिलेर नौतुन्वा तिर लईन मार्न! लास्टाँ…बरु, सालीले छोरो ब्याउँदा मुख भेनासंग मिल्यो भुने मलाई केई भन्न पाईन्न होई!! अईले नै भन्द्‌या छ! :p
Read Full Discussion Thread for this article