Posted by: Gautam B. August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो! म हिजो भउतेका घरतिर गा'को थेँ। भउते त उत्तानो परेर काठको मूढो तलमाथि गरिरा'। 'के भओ, सद्दे ज्यानलाई बिनसित्तीमा किन यसरी दु:ख दे'का छौ?' भनेर सोधेँ मैले। 'त्यो पुण्टेसं मेरो फाइट छ मेरो पर्सि गाइजात्राको दिन। त्यै भ'र जिम गरिरा' नि देखिनस्!' यो भउतेलाई के भएछ कुन्नि मलाई पनि हान्नी राँगाका जस्ता आँखा तरेर बोल्यो। पहिला पहिला पुण्टे दाइ भनेर बोलाम्थ्यो, आज त ठाडै पुण्टे भन्यो भने'सी यी दुइटाको जुरेली काण्ड माथिल्लै तहमा पुगेको लख काटें मैले पनि। भउते रन्क्या' बेलाँ धेरै कुरा गर्नु हुन्न, भर हुन्न यस्ताको भनेर म पनि हिने तेताटी। त्यातिखेरै आईपुगेका भाञ्जा'उ (भाञ्जा बाबु क्या! डल्ली फूपूका छोरा!) लाई उचालेर जिम गर्दैथ्यो' भउते। एकछिन त रमाइलो लागेर भाञ्जा'उ हाँस्दैथे, पछि त आत्तेछन्, रुन थाले। तर पनि भउतेले जिम गर्न छाड्या हैन! फाइट पर्नी साँच्चै र'च कि भउतेका गफ मात्तै हुन् भनेर बुझ्न पुण्टेदाइको अड्डा (धोबिनिको भट्टी) तिर गइयो। पुण्टे दाइ पनि अगेनाको छेउमा बसेर पियो--र गाईको घ्यू हातखुट्टामा दल्दै सेक्दै थे। भनेपछि फाइट राम्रै पर्नी भो। गाममा यस्तो रमाइलो नभ'को धेरै भो। यसपाला रमाइलो हुनी भो।
Read Full Discussion Thread for this article