Posted by: Poonte August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
खै! आरिसेहुरले बसि खान दिएनन् के रे। आखिर पोल लाउनि यई पिरती र तितौरी रैचन्। तेस्ता कुरौटे बुईनीहुर भा’ घराँ के खान जानु आबो? भोली देखुन सखारै उठेर झ्याल बाट “पुन्टे दा हग्न गयो है!” भन्दै सारा गामले सुन्ने अरि च्याठिन नि के बेर? तो भुसतिघ्रे दैत्य जेठान नि कुरि रा’ होला, उसका मुन्छेहुर सब बटुलेर, घरै घेरेर। आज देखि त यई चौतारिआँ सुत्न परो कि के हो? ए, ग्वाँचे! लु त! मिलाम टिकस सिकस। साली नगए नि म त बस्न सक्दिन अब यता। तितौरी र पिरती त तेस्तै निस्के के रे, बरु ठुल्बुईनीलाई दाईको मुया लाउँच भुने, तो लिस्नो माथि एउटा रुमालाँ अलि अलि अरेर लुकाको केई रुपियाँको पोको छ। तो अनि मेरो गुन्टो पोको पारेर सुटुक्क यई चौतारिआँ ल्याईदेओ है! म यतै कुरि रन्छु। बुठेसकालाँ मुग्लान पस्नि लेखेको त नि! जुरली आए आम्छ, नआए भउते कै भो त नि, लौ! साली भुन्दा त ज्यान कै मुया लाम्नि के रे, काल नजिकै आएसि त! पिसाब पुनि कति ला’को हो यई बेलाँ? लु, म गएं फेरि झ्याङ् तिर!
Read Full Discussion Thread for this article