Posted by: gaalab July 31, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
एक दिन डार्विन कान्तिपुरी पुगि गया, लोकको गरुँ नजर् भनी, स्वयंभू ताहीं थिया, परया चरणमा, खुसी गरया पनि। अब ता पशुपतिको शरणमा जान्छु, भनी हिंडया जसै असनको बजारमा हराउँदा ता, गोतामे भेटया तसै॥१॥ विज्ञानका गुरुलाई भोले बाबाको, दर्शन गराऊँ त साँच्चि कै भनी गोतामे हिंडया अमरावती, कान्तिपुरीको बिचबिचै । सिंह दरबारमा आइपुग्या जसै, भेटियो एक हुल मनुष्य बिचित्रको प्राणी देखेर डार्विन पनि, अचम्म परे अवश्य॥२॥ 'हे गुरुदेव! यो महलमा देशको, नियम कानून लेखिन्छन् यी मनुष्य भएर पनि पुच्छर, पलाए जस्तो देखिन्छन्। किन होला यस्तो गुरुदेव?,' गोतामेले भन्दा भए डार्विन पनि ती प्राणी हेरी ध्यानदृष्टिले, बिचारमग्न भए॥३॥ 'हे वावु! ब्रह्माजीले सृष्टि गर्दामा, वानर नै वानरै थिए जो जोले पुच्छर चलाउन छाडे, तिनका पुच्छर चुँडिगए। त्यसैले हे चेला यी प्राणीका, पुच्छर पलाएका होइनन् देख्दामा मनुष्य जस्ता देखे पनि, यिनका पुच्छर हराएनन्'॥४॥ 'यी भोका छन् यी नाङ्गा छन् यिनलाई, सम्पत्तिले पुगेको छैन भन्डार एउटा छ यी छन् दुई सय पाँच, बाँडेर भाग आँउँदैन। आफ्नो भाग खोस्ने कोही आउला भनी हरपल, पुच्छर चलाउँछन् आफूलाई जित्ने कोही देखा परेमा, त्यै पुच्छर तेर्स्याई लडाउँछन्' ॥५॥ 'रातभरि मदिरामै अनिंदा, संसद थलोमा शयन गर्दछन् निद्रामा टोक्ने लामखुट्टे धपाउन, पुच्छर नै चलाउँछन्। अतएव: यी प्राणीजनका पुच्छर, अँझै झरेका छैनन् अँझै यो लोकमा यस्ता प्राणीले, चाँडै छोड्ने नि हैनन्'॥६॥ यती भन्दै गुरुचेला गौशालाको चोकमा आइपुग्या अनि 'लौ गुरु! लागें, विदा पाऊँ अब ता', भने गोतामेले पनि। फर्किऊँ भन्दा ४ खुट्टा लङ्गुर वानर, देख्या गोतामेले जसै 'यी लङ्गुर र अघिका प्राणीमा फरक के?', सोच्न थाल्दा भए तसै॥७॥
Read Full Discussion Thread for this article