Posted by: parabara July 30, 2006
महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति अन्धा हुन् कि निरक्षर
Login in to Rate this Post:     0       ?        
महेन्द्र संस्कृत विश्वविद्यालयका वर्तमान उपकुलपति कि अन्धा हुनु पर्दछ कि त निरक्षर, यो कुरा सुनेर नहाँस्नुस् है । यसको निम्ति महेन्द्र संस्कृत विश्वविद्यालयको वेभसाइट हेरेपछि स्पष्ट हुन्छ यो साइटमा हेर्नुहोला http://msu.edu.np/mfc.php उक्त साइटमा फोटोचाहिँ वर्तमान उपकुलपति शिवहरि मरहठ्ठाको छ भने नाम भूतपूर्व उपकुलपति आचार्य पूर्णचन्द्र ढुंगेलको । मैले एक छिन घोरिएर सोचेँ यसको मूलकारण के हो भनी र पत्ता लगाए शिवहरि मरहठ्ठा पक्कै पनि अन्धा त होइनन्, किनभने उनका दुइवटै आँखा सिंगा छन् । उनी अन्धा भएको भए त आफ्नो र अर्काको फोटो चिन्दथे, तर अंग्रेजीका निरक्षर भएको हुनाले उनले अंग्रेजीमा लेखेको आफ्नो नाम बुझेनन् । आचार्य पूर्णचन्द्र ढुंगेलको नाम नै आफ्नै नाम लेखेको होला भन्ठाने र वेभसाइटमा आफ्नो फोटो हेरेरै मक्ख परे । विचराको यसमा के दोष - बरु यसो नर्सरी कक्षातिर पढ्दै गरेका बाबुनानीसँग उनले अंग्रेजीमा लेखेको आफ्नो नाम पढ्न सिके उत्तम हुनेथियो । विचराले आफ्नो नाम पढ्न त जानेनन्, जानेनन् । विश्वविद्यालयमा सबै उस्तै रहेछन् कि जस्तो लाग्यो, नत्र भने उनको जागिर बचाउन कम्मर कसेर लागेका उनका हनुमानहरूले पनि चाल पाउनुपर्ने हो । अंग्रेजी भाषामा लेखेको कुरा पढ्यो भने नर्क पुगिहालिन्छ भनेर त्यस विश्वविद्यालयका कसैले नपढेका होलान् कि त्यो वेभ साइट । यस्तो कुरा कसैले नऔंल्याएको देख्दा मलाई दिक्क लाग्यो र यो कुरा यहाँ पोस्ट गरेको हुँ ।
Read Full Discussion Thread for this article