Posted by: Birkhe_Maila July 30, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
धनश्याम न्यौपानेले शायद गजलमै PhD गरेका हुन क्यारे। यो पुरानो गजल राम्रो लाग्यो। धनश्याम न्यौपाने फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर कैलेसम्म यस्तै मात्र रहला यो मौसम आँधी हुरीका भरमा बतास चल्छ जरुर उठ्नुपर्छ भोका पेटले कसेर कम्मर झुप्राहरुको चुलामा आगो बल्छ जरुर सन्देह पालेर मनमा सपना साकार हुँदैन ताप चाहिन्छ फलाम पनि गल्छ जरुर source: http://www.nepalikavita.com/contents.php?files=utkrista-gajal/ghanashyam_neupane
Read Full Discussion Thread for this article