Posted by: Gautam B. July 30, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
मेरा मन ठेकानमा छैनन् अचेल गाँठे! जो अगाडि प-यो उसैलाई मारसंग भकुरौँ जस्तो हुन्छ। एउटा गामखाने कविता राख्नुप-यो यो लौतन्तर चौताराँ, जवाफ पनि कवितामै दिनु, नत्र नदिनु!(जवाफ मलाई पनि थाहा छैन, गम्दैछु।) "कस्को मुन्तिर के आयो?" सांसदले सपना देखेछ, सपना देखेर सांसद करायो 'सेना मेरो टाँग मुन्तिर आयो!' गाम्लेले देखे के को सेना मुन्तिर आउनु नि सांसदकै टाउकोमा पो सेनाले टाँग अड्यायो! साँसदको टाँगमुनि त पूच्छर पो आयो घुम्रिएको सानो लुतुर्के पूच्छर आयो! हिजोसम्म त सग्लै थियो यो सांसद ल भन गाम्ले हो- सांसदको पूच्छर कसरी पलायो?
Read Full Discussion Thread for this article