Posted by: Birkhe_Maila July 29, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
एउटा अर्को। त्यति एबस्ट्र्याक्ट त छैन होला। बिदेश, धुलो, डार्विन र म - म कहिलेकाहिँ आफैँलाई भारहिन अनुभव गर्छु र झिनो हावामा उड्न खोज्छु, फूलका केशर सँगै। साना, मसिना धुलोका कणहरु, मलाई च्वास्स च्वास्स घोचेर संग संगै उडिदिन्छन् र मेरो कानमा कानेखुसि गर्छन्, आफ्नो साम्राज्यको बारेमा। हो, धुलोको अस्तित्वसंग म आफूलाई तुलना गर्न सक्दिन। सदियौँ देखि यहिँ छ धुलो यहिँ उड्छ, यहिँ भिज्छ, र यहिँ खस्छ र कयौँ मजस्तालाई धुलाम्य पार्छ। (परेलीबाट धेरै पटक धुलो झारिसकेको छु) त्यसैले हरेक पटक म गह्रुङ्गो हुँदा, अघिका भारहिनतामा मलाई हाँसो उठ्छ। पुन: जमीनमा आउँछु। लौ! यो के भयो? म त धुलाम्य भएछु फेरी! जताततै धुलो छ! मेरो टाउकोमा, जिऊमा, हात खुट्टामा, आँखा खोल्न नै नमिल्ने परेलीभरि धुलो टाँसिएको छ। दाँतमा किरिकिरि लाग्दै छ। अनायासै म उड्न थाल्छु! अहो!, म जति जति धुलो हुन्छु, त्यति त्यति उड्न सक्छु। र जति जति ‘म’ हुन्छु त्यति त्यति तल झर्छु!
Read Full Discussion Thread for this article