Posted by: Poonte July 29, 2006
Login in to Rate this Post:
0
?
आहाऽऽऽऽऽऽऽऽऽ! मज्जा आई र’च। बगली त रित्ताउली जस्तै छे के रे सालीले। जे देख्यो तेई किन्देऊ भेना भन्छे। नाई भन्यो कि, “भउतेले त किन्दिन्थ्यो” भन्दै घुर्कि देखाम्छे।
“अनि भउतेले अरु के के अ-यो, लु, भन, प्यारी साली, म तेई तेई अझ रामरी अर्दिन्छु,” भनेको, खित्त हाँस्छे! त्यो हाँसो देखेसि मनै पग्लिनि फेरि। ठीकै छ, पैसो भन्या आम्छ, जान्छ के रे। बल्ल बल्ल सालीसंग मस्तले मेलाँ घुम्न पा’को मौका फेरि कैले आम्नि हो।
कुम्लेलाई नि झल्क्क देखेंथे के रे। तितौरी आई कि आईनन्, कुन्नि? यस्सो भेटेर भउतेलाई ठाम्मा ल्याम्नि मेसो मिलाम भुनेको, मिलिक्कै बिलायो कुम्ले नि हुल मै। दाँतै त झार्न पर्दैन होला भउतेको नि। आफ्नै रिसको भारीले थिछचिएर डल्लो परि सको कि? मुर्मुरिएको आन्द्रा बट्टारिएर खाको नि नपच्दो हो, कठै! च्व च्व!
रिसको भारीले थिचिएको बखत, अझ सन्केर युद्धको शंखनाद फुक्दै छ। आँखै टेंडो होला है! गर्धन फुट्ला। फोक्सो सुन्नेला। छाती चिरिएला। मुटु चर्किएला। भो भो! कष्ट नअरम्! साली मै संग जानि रे!
लु, आबो लामो बाटो हुँदै घर फर्कने हो के रे साली भेना। छिटो घर पुगेर नि क्यार्न छ र? बिना सित्तैमा कुरौटे बुईनीहुरको छुचुन्द्रे मुख हेरेर बस्नलाई। बरु, झम्क्कै परेको बहाना बनाई कतै बाटै बास बस्न पर्ला।
***************************
भेनाको नजर साली मै गडेको
भउते बिचरा बाटैमा लडेको
भउते को प-यो? आफ्नै रिसको थोप्रोले घुँडा कोपो-यो!
साली भेना गा’को छम् मेलामा
डिस्टब नगर मस्तीको बेलामा
भउते रिसायो! कठै, उसको आश पनि आजै बिसायो!
घिन घिन ताङ्! हुररररररररररररररररररररररररररर हाऽऽऽऽऽऽऽ!