Posted by: Nepe July 28, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
मेरो पेट-सोचाई (gut feeling भनेको के ) मा "उक्ति वैचित्र्य" को आसय "अस्वाभाविक" वा "नाटकीय" नै चाहि होईन । कुनै स्वाभाविक कुरा किन्तु सामान्यतया नजरमा नपरिहाल्ने वा भनम् न सामान्य मान्छे (यो पनि परिभाष्य कुरो प-यो फेरि) ले नदेख्ने/नसोच्ने कुरा पनि "उक्ति वैचित्र्य" कै कोटीमा पर्दछन् भन्छु म । जे होस्, यो ज्यादा subjective कुरा हो । मलाई मन परेको शेर चाहि यो - शीत्तलमा स्वरुपको ब्याख्या फिक्का चर्को घामै माग्ने छाया जस्तो चाला "छाया" ले केवल आफू prominent हुन अरुको सुविधाको वास्ता नगरेर चर्को घाम नै खोज्ने विम्ब मन प-यो । *** *** *** बिर्खेजीले मन पराएको यो शेर मलाई पनि अति मन प-यो । जात जनिन स्यालहरुको एक हुइय्याँ यहाँ काफी छ!
Read Full Discussion Thread for this article