Posted by: gwanche July 28, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
आच्या सबै गाम्ले दाजु भाइ दिदी बहिनीहरु त चौतारीमा पो बसिरहानु भा' रैछ । । । सबैलाई मेरो तर्फबाट जदौ है । । । म त यो बाटोबाट पर्देश जान ला । । । । एस्सो थकाई मारम्न है । । । । अझै बाटो धेरै छिचोल्नु छ । । । के गर्ने आफ्नै गाम्मा केही गर्न सकिएन । । । । मेरी भुन्टीको आशाध्यै सम्झना आइ रा' छ । । । मेरी भुन्टीको लागि लेखेको एउटा कबिता मेरो तर्फ बाट है । । । । । पहिलो यात्रा समय बिताउँदा प्रकृतिको काखमा जब तिमी हुन्थ्यौ मेरो साथमा संसार जिते झैं लाग्थ्यो मलाई समय बित्थ्यो सारा संसार भुलाई मीठा-मीठा कुराहरु गर्थ्यौं सुन्दर भविष्यको योजना बुन्थ्यौं अझै पनि सम्झिन्छु त्यो पहिलो दिन मैले तिमीलाई प्रस्ताव राख्दा शब्द-विहिन भएकी थियौ एक छिन प्रस्ताव मेरो स्विकार गरेर भित्र भित्रै आफैसँग डराएर साथ दिएकी थियौ तिमीले मलाई कति रमाइलो थियो त्यो यात्रा प्रकृतिको काखमा हामी दुई मात्र आँखामा लज्जा अनि संकोच भरेर मुहार मा मनोहर आभा छरेर साथ मलाई दिँदा तिमीले समय प्रति आभार प्रकट गरेथें म चाहन्थे समय त्यहिं रोकियोस् तिमीसँग कहिल्यै छुट्टिनु नपरोस् जिन्दगी मेरो यसरी नै बितोस् यही नै जीवनको सत्यता होस् केवल तिमी अनि म मात्र यसरी नै कटोस् जीवनको यात्रा समय कहिले पो रोकिएको छ मेरै लागि किन रोकिन्थ्यो र तिमीसँग गरेको पहिलो यात्रा बाँकी रह्यो केवल सम्झना मात्र तिमीले दिएकी थियौ साथ हरेक छिन कसरी बिर्सन सक्छु र त्यो सुन्दर दिन बसेको होला तिम्रो नि' मानसपलटमा सँग सँगै गरेको पहिलो यात्रा तिमीले मलाई विश्वास गरेर मेरो प्रस्ताव स्विकार गरेको सधैं आभारी तिम्रो म रहनेछु त्यो स्वप्निल दिन म सम्झिरहने छु भुन्टी म छिट्टै फर्कन्छु है । । । । । हस् त मित्रहरु फेरी भेटौँला । । ।
Read Full Discussion Thread for this article