Posted by: Tyra July 27, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
"आफ्नै कथा" "मामु हजुर हरु ले कस्तो कुरा नबुझिस्या हो जत्ति भने पनि ,मेरो टाउको दुख्या छ खान्न के " म जिद गर्छु। किन कि मलाइ थाह छ त्यो मेरो ब्रम्ह्रास्त्र हो , कहिले खेर नजाने । मामु , मैले माया ले बोलाउने शब्द हो मेरि आमालाइ, निरुत्तर् हुनु हुन्छ वा धेरै छन् भन्नु पर्ने कुरा मन् भरी , म बुझ्दिन, टोलाएर हेर्नुहुन्छ मेरो अनुहार् मा ।म उहाको त्यो हेराइ लाइ पचाउन मुख् अर्को पट्टि फेरेर सुत्छु । मलाइ "थाहा छ तिम्रोटाउको किन दुखेको " उहा को अवाज् ढोका बाट बाहिरिन्छ । ************** अर्को सुन्दर् बिहान् उस्तै अध्यारो अनुहार् लिएर उठ्छु म । चिया सङै मेरि मामु मेरो छेउमा बस्न आइपुग्नु हुन्छ "चिया खाउ २ पटक् भैसको बनाएको तिमि पटक्क उठिनौ ,सेलाउछ् नत्र" म खुरु खुरु चिया पिउछु । ठिक्कै छ् नि त तिम्रो बाबा र मैले सल्लाह गर्यौ , तिम्रो इच्छा जाहा पढ्न जान्छु भन्छौ तिम्रो खुशि, अब हामि हरु भन्दा तिमिहरु बुझ्ने छौ । तर समिधा (मेरो मामा को छोरि को नाउ हो) यहि इन्डिया मा पढ्दा भाछ कत्ति राम्रो तुरुन्त आउछे सबै चाड् बाड् मा सङै हुन्छे। अब तिमि त्यति टाढा.......सम्झाना नि नपुग्ने ठाउ .....उहा का आखा साच्चै त्यो टाढाको दुरीनाप्न थाले झै देखिन्छ. *************************** "ल ल बधाइ है " "ल हाम् लाइ नि तान है " "नानि मेरो सार्है सानो समान् छ लग्देउ है " "ए हजुर् कि छोरि त भग्यमानि रे'छिन् नि " यस्तै यस्तै कुरा हरु मेरो वरिपरि को हावा मा उढि रहन्छ केहि दिन् सम्म । जब मेरो जाने कुरा निश्चित् हुन्छ ।म के भनौ, खुसि वा दुखि के थिए ,वा दुबै को बिच् मा पो थिए कि शायद् ,किन कि त्यो बेला मलाइबेग्लै अनुभुति भएको थिओ त्यो शब्द नै भेटेन ऐले लेख्नलाइ । *********************** अनि त्यो दिन् मामु को हात् मेरो निधार् मा टिका लगाउदा कामे को महसुस् गर्छु म , आखा को कुना त भिझि सक्या रहेछ। त्यसपछि हेर्ने साहस् भएन अरुको अनुहार् मा अब झन् ।बिस्तारै उहा को हात् मेरो कपाल् मा अल्झन्छ अनि कपाल् सुम्सुम्याइ रहन्छ एक्छिन् सम्म । अनि अनि म बिस्तारै उहा बाट छुट्दै अघि बढ्छु, उफ्! कति बहादुर् म, होइन होइन बहादुर् बन्ने कोशिश् गर्दै थिए । ************************** सपनाको देश् । सपना जस्तै सुन्दर् । अह कतै होइन, पट्कै होइन ,मेरो भ्रम् मात्र हो। के हो त यो? थाहा छैन । उफ्! उफ्! उफ्! रनभुल्ल मा मेरो टाउको दुख्ना थाल्छ लाग्छ अनि म बिस्तार सास् ले कराउछु मामु ...., एकै छिन् मा मेरो औला ले फोन् डायल् गर्न थाल्छ। उता बाट मामु को आवाज् आउछ् के गर्दै छौ कति बज्यो? खाना खायौ त? मेरो मुख् बाट अनायसै फुत्कन्छ "टाउको दुख्या छ् के आज" । उप्स्! नभन्या भए हुन्थ्यो छि! यति टाढा बाट फोन् गर्दा'नि आफै सङ रिस् उठ्छ मलाइ। तर होइन, उता बाट् मेरो दुखाइ लाइ सुम्सुम्याउछ त्यहि मायालु आवाज् ले उहि उस्तै तरिका ले "मलाइ थाहा छ तिम्रो टाउको किन दुखेको.................................................... …………….................................................. म अघाएक हुन्न मेरि मामु कोआवाज् सुन्न लाइ . अहं, म सुनि रहन चाहन्छु अनि सुन्दासुन्दै निधाउन चाहन्छु "यु ह्याब् वान् मिनेट् रिमेनिङ्" कर्कस स्वर् ले झस्काउछ मलाइ । अनि तुरुन्तै उहा म सङ छुटेर जानु हुन्छ । म सुन्य भएर फोन् लाइ हेर्छु अनि बहादुर बन्ने कोशिस् सङै हिक्का छोडेर रुन थल्छु ।
Read Full Discussion Thread for this article