Posted by: Gautam B. July 26, 2006
Login in to Rate this Post:
0
?
मनको तितो अर्को पनि पोखिहालौँ।
देश र दुनिया साक्षी छ
हिसाब किताब बाँकी छ!
फच्चे हुँदैन कानूनले
पूरै इतिहास थाती छ!
ढोग्न सबले छाडे, तर
ज्यूँदै अझै सेतो हात्ती छ!
नेता हुन् या हुन् विदूषक!?
क्या जात्रा! वाह! क्या झाँकी छ!
जात जनिन स्यालहरुको
एक हुइय्याँ यहाँ काफी छ!