Posted by: nepesahila July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
“संझौता ब्यापार ब्यवसायमा हुन्छ। तर मित्रता हृदयको खेल हो। त्यो स्वयं हुन्छ भने हुन्छ। संझौताबाट मित्रता संभव देख्दिन म”। “तिमी र म त हे सहयात्री, अर्काका छिद्रहरु खोजेर निहुँमात्र खोजिरहने मनोबैज्ञानिक शत्रुहरु नै हौं”। “त्यसोभए तिमी निंदाइमात्र रहेको बेलामा तिमीसंग बोल्न नपाउँदा साह्रै न्यास्रो बढ्नुको कारण के हो त”? “त्यो त धेरै बर्षको साथले उत्पन्न लगाव मात्र हो। लगाव प्रेम होइन। त्यो त ब्यसनमात्र हो। नपाउँदा तल तल लाग्ने”। “तिम्रो र मेरो एउटा कुरामा दुबैको स्विकृति छ”। “के”? “हामी दुइ आपसमा पटक्कै मिल्न सक्दैनौं भन्ने कुरामा”। “तर हामी जति नमिले पनि समाज देखि हाम्रो सातो जान्छ”। रात जति गहिरिएको भएपनि चाँदनी पोखिएर समुन्द्र चाँदीझैं टल्किरहेको थियो। आकाश सुन्य र निर्मल थियो। आकाशको कालो च्यादरमा सिताराहरु झलमल्ल थिए। पल्लोतिर देखिने डुङ्गाका यात्रीहरु पालोपालो गरेर नाचिरहेका थिए। ठुल्ठुला चारपाँचवटा बत्तीहरु र सुमधुर संगीतले समुन्द्रका जलतरंगहरु संग नृत्यगर्दा अपूर्व सौन्दर्य प्रकट हुन्थ्यो। सुन्दर आकाशमुनिको बिशाल समुन्द्र र पहाडजस्ता देखिने त्यसका छालहरु अदभूत शक्तिका अदभूत लीलाझैं अनुभूत हुन्थ्यो। सामुन्द्रिक संसारको अनौठो रहस्यले जुनसुकै यात्री पनि रोमाञ्चित एवं चमत्कृत हुन सक्थ्यो। र ब्यष्टिको पर्खाल भत्किएर समष्टिको बुद्धत्वमा एकाकार हुन्थ्यो। यस्ता अनन्त क्षणहरु आफ्नै आँखा अगाडि घुमिरहे अदृष्य भएर चर्मचछुमा। अनेकौ ज्वारहरु उठे र भाटाहरु फर्के। हामीहरुको द्वन्द पनि सामुन्द्रिक धारझैं अबिरल बगिरह्यो। आज आकाशमा बादल छायो, सिमसिमे रुञ्चे पानी पर्यो र समुन्द्र कालाम्य भएर दिउसै अन्धकारको साम्राज्य स्थापित हुँदा यात्रीहरुको मन पिंडाले छट्पटिनथाल्यो। हाम्रो मन पनि। “यो यात्रामा बिविध कारणले म भोकै रहेको छु”। “भोकहरु म सँगपनि छन्”। “तँ चुप लाग”। रिसको पारो बढ्यो। “तैं चुपलाग चोर”। “के चोरेको छु मैले तेरो? मुख सम्हालेर बोल्”। “मेरो समुन्द्रि यात्राको संपूर्ण सुख चोरिस्”। “म सक्दिन यो डुङ्गा चलाउन”। “म पनि सक्दिन, एक, दुइ, तीन, सक्दिन”। झगडा चर्किंदै गयो। आँखाहरु राता भएर नशाहरु फुल्न थाले। बहना उठाएर एकआपसमा हिर्काउन थालियो। सँगसँगै समुन्द्रि आँधिको संकेत देखियो। उत्तरी टापुको प्रवेशद्वार डुङ्गाहरुको ताँतीलाइ छिचोलेर हेर्दा टाढा क्षितिजमा देखा पर्थ्यो। आँधिको भुमरिमा छालहरु घुम्न थाले। डुङ्गा टल्पलाउन थाल्यो। पानीका लहरहरु गोल गोल परेर बताससँगै उचालिंदै पछारिंदैछन्। जलकणहरुको बाक्लो परत्ले कुहिरोले झैं दृष्यहरु छेक्यो। त्यसैबेला हामीदुइ यात्रीहरुलाई लिएर डुङ्गा समुन्द्रको गहिराईमा ठाडो परेर गाडियो। भोलिपल्टपनि सफा आकाशमुनि निल समुन्द्रमा हजारौं डुङ्गाहरु हाँसझैं तैरिने क्रम जारी थियो।
Read Full Discussion Thread for this article