Posted by: nepesahila July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
म पनि एक्लै यो डुङ्गा लतार्न सक्दिन। हेर मित्र, रात परिसकेको छ। उ त्यो परको टापुमा बत्तिहरु बलिसके, कमसेकम तिमीले खानेकुराको चाँजोसम्म त मिलाऊ, यसरी सुतिदिएर”। “बिरामी भएपछि के गरूँ? चाहिंदैन मलाई खानेकुरा, आफैं गर, आफैं खाऊ”। “तिमी सुत्ने, म खानेकुरा बनाउने, दुबैजनाले डुङ्गा छाडेर डुङ्गा अगाडि जान्छ त?” “जतासुकै जाओस्। सुख नभए पछि दु:ख त जतापनि पाइएला”। “दु:ख र सुख त मनकै खेलहरु हुन्”। “तिम्रो स्वार्थीपन नै दु:खको कारण हो”। “भैगो, यो थोत्रो बिबाद हामी आजै देखि छाडौं। जसरी भएपनि सँगै यात्रा गर्नुनै छ। मिलेर गरौं, मनलाई खुसि पारेर गरौं र ईज्जत पूर्वक गरौं, हेर ईज्जतको पनि कुरा हुन्छ, अरुले के भन्लान्”। “हिजो मैले यहिकुरा भन्दा तिमीले किन मानेनौ?” “हिजो मलाई रिस उठेको थियो”। “आज मलाई रिस उठेको छ”। “हरे, देख्नेले पनि के भन्लान्?” “जेसुकै भनुन्, सँधै अरुकै डरले त यति हुँदापनि यो नरकजस्तो डुङ्गा छाड्न सकेको छैन”। “तिमीलाई छाड्न मन छ भने छाड, छोडिहाल् नकचरा”। कुकुर बिरालाको झगडा भैरहन्थ्यो। बर्षौं सम्मको हामीहरुको झगडा कहिलेकाहिं अत्यन्त तिब्र हुन्थ्यो। “तँ आज फेरी अरुको डुङ्गा देखेर लोभिएको छस्। घरिघरि तेरो मन बिचलित भएर अरुको डुङ्गा र अरुनै सहयात्रीको चिन्तनमा निमग्न हुने गरेको आभाष मैले पाइरहेछु”। “यो तेरै मनको पाप बोलेको हो, पापी”। “होइन”। “हेर मित्र, तिमी र म त साँच्चिनै भन्ने हो भने जीवनसाथि नै हौं, राम्रो सोचे राम्रो पनि हुन्थ्यो”। “नखरा नपार् चटके, राम्रो हुन नदिने त तँ नै होस्। तँ र म सहयात्री अवश्य भएका छौं, साथि होइनौं”। “ठिक भन्यौ जस्तो लाग्छ। परस्परमा जीत र हारको धारणा बनाउने, बातैपिच्छे आफैंले जित्न चाहने, मित्रमा हुनुपर्ने त्याग र उदारताको भावना पटक्कै नभएका हामी सहयात्री आज प्रतिद्वन्दि भएका छौं। तर यसरी बुझेपछि हामीबीच संझौता हुन सक्दैन र?”
Read Full Discussion Thread for this article