Posted by: nepesahila July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ल गाम्ले हो, मेरो एउटा सानो प्रयास, राम्रै मान्दिनुहुन्छ भन्ने आशा गरेको छु। दुइ बिवश सहयात्री हामी दुइ नौजवानहरुले पनि त्यसरी नै साइत जुराएर यो सामुन्द्रिक यात्रा सुरु गरेका थियौं जसरी अरुहरु गर्थे। यसरी हैन, यसकथालाई ‘एकादेशमा’ भनेर सुरु गर्नु पर्थ्यो होला, किनभने यो दुरुस्त लोक कथा जस्तो छ। यसले ओगटेको संसार बडा अनौठो छ। महासमुन्द्रको एक टापु देखि अर्को टापुसम्मको लामो यात्रा थियो यो। यहाँ यस्तै थियो। बीस एक्काइस बर्षको लक्का जवान भएपछि हरेक दुइजनालाई एउटा डुङ्गाको दरले यात्रा गराइन्थ्यो। गरिन्थ्यो। गर्दैछौं। दक्षिणी टापु देखि उत्तरी टापुसम्म बर्षौंको यात्रा गर्नुपर्ने हुनाले जम्मा पारेर डुङ्गामा लादिएको खर्चबर्चले पूरा यात्रालाई पुग्नु संभव थिएन। बाटामा कतै समुन्द्रि झारहरु, कुनै ठुलासाना माछाहरु, गंगटाहरु र कतै अकस्मात छेउमा आईपुगेका बेवारिसे डुङ्गाहरुबाट प्राप्त हुने अपुतालीबाट जीवन निर्वाह गर्नुपर्थ्यो। बीचमा छालहरु मच्चिने, ज्वारहरु उठ्ने र समुन्द्रि आँधिको सामना गर्नुपर्ने हुनाले यात्राको लक्षप्राप्ति बडा दुरुह भैरहन्थ्यो। जाडो समुन्द्रमा हिमशिलाहरु संग ठोक्किएर डुङ्गा दुर्घटना हुन सक्थ्यो, तातो समुन्द्रको बाफले पोलेर खट्पटिइन्थ्यौं। छिमेकी डुङ्गाका यात्रीहरु संग झै-झगडा, भनाभन र कहिलेकाहिं त आ-आफ्नो डुङ्गाहरु अरुको भन्दा अगाडि लैजाने होड्बाजीमा बहना उठाएर हानाहान सम्म हुने घटनाहरु समुन्द्रि यात्राका रितनै थिए। सबैलाई अरुले आनन्दपुर्वक नौका बिहार गरेर प्रकृतिको रसास्वाद लिएको जस्तो लाग्थ्यो र आफूले चाहिं बडो दुखपूर्वक गह्रुङ्गो ढुङ्गा बोकेर घिसार्नु परे जस्तो लाग्थ्यो। जे जसरी भएपनि यात्रा पुरा गर्नेलाई सफल जोडीको रुपमा प्रशंसित गरिन्थ्यो र बीचबाटैमा डुङ्गा बदल्नेहरु, सहयात्री बदल्नेहरु र किनारामा देखिएका अन्य टापुहरुमा ओर्लेर बाटो बदल्नेहरु बदनाम हुन्थे। बरु कुनै कुनै बहादुरहरु, बाध्यहरु र कमजोरहरु एउटा डुङ्गा लिएर एक्लै यात्रा गरेका पनि देखिन्थे। यात्राको बर्षदिन पनि बित्न नपाउदै हामी दुई नौजवान यात्रीहरु बीच एउटै डुङ्गामा सवार भएर पनि साना-तिना कुराहरुमा परिरहने झगडाले आपसी मित्रता प्रति मोहभंग पैदा हुनथाल्यो। हामीहरु मध्य एकजना चाहिं डुङ्गा खियाउँदा आफूमाथि बढि भार परेको गुनासो गर्थ्यौं भने अर्को चाहिं आफ्नो सहयात्रीलाई अरुको डुङ्गा देखेर लोभिएको आरोप लगाउँथ्यौं।
Read Full Discussion Thread for this article