Posted by: Birkhe_Maila July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
हन क्यार्न रिसाउने हो तिमी सँअ तितौरी? काका अथवा बा जे भने नि हुन्छ। बरु लागुर बाट तिम्लाई रातो धागो र फरक ल्याइदेको थेँ सानै होलि भन्ठानेर। सानो कलिलो तामाको बुटा जस्तोमा देखेको यो आँखाले, अइले झाङ्गेको बाँस भइछौ, फरक त के ठिक होला र धागो चाईँ माछाकाँडे बनार बाटे हुन्छ कपालमा, राम्रि देखिन्छौ। अब अइले येई धागोमा चित्त बुझाऊ, आउने दशैँमा जलबिरेको सुनारलाई भनेर एउडा फूली हाल्दिमला बरु! दुई पाऊ गुँदपाक नि ल्याको थेँ, जिम्माल्नीले संदुसमा हालेर ताल्चा लार राखेकि छे, आफैँलाई खान मनला'र माग्दा नि दिन्न, तिमी आयौ भने संदुस खुल्थो कि? :)
Read Full Discussion Thread for this article