Posted by: Birkhe_Maila July 26, 2006
Chautari XIX
Login in to Rate this Post:     0       ?        
ठुल्नानी तलको तिम्रो कथा पढेर पत्ता लगाऊ काफल कहिले पाक्छ भनेर :) "काफल पाक्यो, काफल पाक्यो" पर कतै रुखमा काफल पाक्यो चरिको आवाज सुनेर ठुल्नानी झल्याँस्स भइन्। सेउला काट्डा काट्दै थाकेर कतिबेला रुखको फेदमा निदाइछिन उनले पत्तै पाईन। प्रचण्ड घामले उनको निधारमा पसिनाको थोपाहरु निकालेको थियो, मजेत्रो गुटुमुमुटु पारेर पसिना पुछिन् र एकपटक सुस्केरा हालिन्। तल बेसितिर हेरिन र सोचिन्- "अब त असार लाग्ने बेला भयो, रोपाईँ गर्नु पर्छ"। ठुल्नानीलाई धान रोप्न साह्रै मन पर्छ। फेरि के हो सम्झेर निधार खुम्च्यइन र मन मनै सोचिन्- "के को असार लाग्नु, अझै एक महिना जेठको गर्मि खानै बाँकि छ" "असार लाग्न त एक महिना भन्दा पनि बढि लाग्छ" नाम्लोलाई दुई हातले संगालेर फर्क्क फर्काइन् र डोकोमा बेरिन् अनि टुक्रुक्क बसेर थाप्लामा नाम्लो बेर्दै भारि उचालिन्। "आजै भन्दा भारि उचालिदिने मान्छे पनि छैन" अलि बढि थाकेको अनुभव हुन्छ ऊनलाई बैशाखको घाममा। अचानक उनको ओठमा हाँसोको एउटा लहर देखियो... पर बाट चित्रे हातमा नक्शा बोकेर यतै आउँदै थियो!
Read Full Discussion Thread for this article